ज्युँदो छउन्जेल यति एउटा कुरा त गर्न सकिएन । मरिसकेपछिको जीवनमा उहाँको आत्मालाई शान्ति होस् भन्नुको पनि कुनै अर्थ रहेन । अहिले सबैभन्दा पीडामा मेरी आमा हुनुहुन्छ जसले आफ्नै आमा गुमाउनुभएको छ । तर मैले आमालाई पनि केही भन्न सक्दिनँ किनकि उहाँलाई पनि मैले एकपटक पर्वतको फलेवास पुगेर हजुरआमालाई भेटेर आउनेछु भन्ने बचन दिएर झुक्याएको थिएँ ।
Tuesday, June 19, 2012
त्यो आशा रहेन अब
त्यो आशा अब बाँकी रहेन । बाँचुन्जेल भेट्ने मौका सार्दैसार्दै लगियो । यो पटकचाहिँ एक महिनापछि उहाँलाई भेट्न जान्छु भन्ने थियो । तर दुःखद कुरा अब उहाँ नै रहनुभएन । मेरो रहर त्यसै रह्यो । त्योभन्दा ठुलो रहर मेरी हजुरआमाको थियो शायद छोरीज्वाईँ र नातिनातिनीलाई अन्तिमपटक भए पनि भेट्ने । तर यो रहर लिएरै उहाँ बित्नुभयो । यति एउटा रहर पनि हामीले पुरा गरिदिन सकेनौँ । मलाई यो कुराले जिन्दगीभर पीडा दिने छ ।
Thursday, June 14, 2012
कसले सम्हाल्ने देश ?
२०४६ को परिवर्तनपछि सहरमा जन्मे-हुर्केको पुस्तामा राजनीतिप्रति चरम वितृष्णा छ । यो पुस्ता राजनीतिको नामै सुन्न चाहन्न् र सबै समस्याहरूका लागि दोष नेताहरूलाई थोपर्छ । तिनका कुरा सुन्दा लाग्छ, समस्याको जड नै राजनीति हो । सम्भवतः अहिले स्कुल -विशेषगरी अंग्रेजी माध्यममा पढाइने बोर्डिङ स्कुल) र प्लस टु कलेजहरूले यही पढाइरहेका छन् कि 'राजनीति फोहोरी' हुन्छ । यो स्कुलिङका कारण १२ कक्षा पास नगर्दै धेरैलाई विदेश जानका लागि तयारी गर्ने हतारो हुन्छ । अर्को समूह, जो तत्काल विदेश जानसक्ने अवस्थामा हुन्न र नेपालमै अध्ययन गर्छ, त्यो पनि राजनीति भनेपछि टाढैबाट पन्छिन्छ । उनीहरू पढ्ने वातावरणले नै राजनीतिमा चासो नदिउन् भन्ने चाहिरहेको हुन्छ । जब राम्रा र अध्ययनशील विद्यार्थीहरू राजनीतिमा लाग्दैनन्, अनि यो खराब मान्छेहरूको पोल्टामा पर्छ । यस्तो राजनीतिले अनि कसरी जनताको भलो गर्छ ? नेपालजस्तै धेरै विकासशील देशहरूमा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको छ/गराइएको छ । मेरो तर्क के हो भने राजनीति प्रतिकूल सोचले समग्र मानव सभ्यताको हित गर्दैन ।
एकजना सञ्चार समाचोलक दयाकिशन थुस्सुका अनुसार पुँजीवादी व्यवस्थाले आम सञ्चारमाध्यम र अन्य सांस्कृतिक उद्योगमार्फत सम्पूर्ण जनसंख्यालाई अराजनीतीकरण गरेर स्वतन्त्र चयनहरू गर्न नसक्ने उपभोक्तामा रूपान्तर गर्छ । यो व्यवस्थामा स्वतन्त्र विचार र निर्णय क्षमता भएको जनसंख्यालाई यान्त्रिक उपभोक्ताको रूपमा रूपान्तर गरिन्छ । जसले गर्दा सञ्चारमाध्यममार्फत प्रस्तुत विज्ञापन सामग्रीमा भर परेर उपभोक्ताले आफ्ना निर्णय गरुन् र पुँजीवादीहरूले आफ्नो नाफा बढाउने कार्य निर्विवाद रूपमा बढाइरहुन् ।
यसको पहिलो आधार भनेको कलिलै उमेरबाट विद्यार्थीलाई राजनीतिप्रति वितृष्णा उत्पन्न गराउने हो । विद्यालय शिक्षा र पाठ्पुस्तकहरू पनि सांस्कृतिक उद्योगकै अभिन्न अंग हुन् । त्यसैले भाषाको नाममा विदेशी पाठ्यपुस्तक पढाएर होस् वा विदेशी डिग्री नै नेपालमा दिएर वा सकेसम्म धेरै विद्यार्थीहरूलाई पुँजीवादी मूलप्रवाहका देशहरूमा अध्ययन निरन्तर गर्ने मौका दिएर होस्, राजनीतिप्रति अविश्वास र बजारप्रति विश्वास उत्पन्न गराउने प्रयास निरन्तर र अनवरत छ ।
अंग्रेजी पढाउने विद्यालयहरूले यो दलाली गर्ने नै भए, किनकि उनीहरूको ज्ञानको स्रोत नै पुँजीवादबाट आएको हुन्छ । अभिभावकहरूमा पनि यस्तो छाप पारिएको छ कि उनीहरूको छोरा वा छोरीलाई हाम्रो आफ्नै भाषामा मौलिक पाठ्यपुस्तक पढाइ हुने स्कुल वा कलेजहरूमा पढायो भने उनीहरू बिग्रन्छन् । यसले गर्दा अभिभावकहरू बढी दुःख गरेर भए पनि आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा नै पढाउन लालायित छन् । अर्कोतर्फ आफ्ना छोराछोरी राजनीतिमा लागे भने बिग्रन्छन् भन्ने कुरा नेताहरूले पनि सिकाएका छन् । गरिब जनताको नाममा आएका छात्रवृत्ति कोटामा आफ्ना छोराछोरी र भाइ-भतिजा पढ्न पठाउने नेताहरूले कसरी जनतालाई तपाईंका छोराछोरीलाई राजनीतिमा ल्याउनुस् भन्न सक्छन् ? अनि कसले गर्ने राजनीति, कसले सम्हाल्ने देश ? आफैं छोराछोरीलाई निजी विद्यालयमा पढाउने नेताहरूले कसरी अरूका छोराछोरीलाई सरकारी विद्यालयको पनि गुणस्तर ठीक छ भनेर आश्वस्त तुल्याउन सक्छन् ?
विश्वविद्यालयले भोलिको नेतृत्व तयार पार्छन् । पञ्चायतकालमा विद्यार्थी राजनीति गरेका अधिकांश अहिले देशको नेतृत्व तहमा छ । यसमा विवाद छैन, मुलुक कमजोर राजनीतिक नेतृत्वको फन्दामा परेको छ, तर यसको अर्थ राजनीतिलाई गाली गर्ने र विकषिर्त गर्ने कुरा जायज हुनसक्दैन । आज विश्वविद्यालयहरूले राजनीतिज्ञ जन्माउन नसक्नुको पीडाबाट पाकिस्तान गुजि्ररहेको छ । त्यहाँ पनि राजनीतिले शैक्षिक विकास र उपलब्धिमा नकारात्मक प्रभाव पारेको भन्दै सन् १९८४ देखि विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने प्रणालीको अन्त्य गरियो । तत्कालीन सैनिक शासक जिया उल हकले विद्यार्थी युनियन चुनावमा बन्देज लगाएका थिए । फलस्वरूप पाकिस्तानमा अहिले पनि नेतृत्वको खडेरी छ । त्यतिबेलाको विद्यार्थी राजनीतिबाट आएका नवाज शरिफहरूको विकल्प अझै तयार हुनसकेको छैन । र वास्तवमा विश्वविद्यालयको राजनीति नै समस्या भएको भए पाकिस्तान त अहिले धेरै माथि पुगिसक्नुपथ्र्यो, तर त्यहाँ ठीक उल्टो भइरहेको छ । राजनीतिक विमर्शको स्थान धर्मले लिइरहेको छ र उग्रवाद बलियो हुँदै गइरहेको छ । केही मुल्ला र धर्मान्धहरूलाई आफ्नो विचार प्रसार गराउन र ऊर्जाशील विद्यार्थीहरूलाई आफ्नो अविवेकी अभियानमा सहभागी बनाउन झन् सहज भएको छ । यस्तै अवस्था बंगलादेशमा पनि छ । चरम राजनीतिक प्रतिद्वन्द्विताको कारण त्यहाँका धेरै विश्वविद्यालयहरूमा पनि सन् १९९० पछि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुनसकेको छैन ।
मानिस विवेकशील प्राणी भएकोले ऊ नसोची बस्न सक्दैन । उसको सोचाइलाई बन्द गर्न खोजेमा अर्कोतर्फबाट विस्फोट हुन्छ । त्यसकारण उनीहरूमा राजनीतिप्रति वितृष्णा होइन, लगाव उत्पन्न गराउनसकेमा मात्र समाजको भलाइ हुन्छ । विद्यालय र विश्वविद्यालयमा राजनीति निषेध होइन कि त्यहींबाट शुद्धीकरण थालेर नयाँ नेतृत्व तयार गर्नेतर्फ लाग्नुपर्छ । अमेरिकी राष्ट्रपति र त्यहाँका राजनीतिज्ञहरूले नियमित रूपमा विश्वविद्यालयहरू पुगेर विद्यार्थीहरूलाई लेक्चर दिन्छन् । हाम्रा राष्ट्रपति र राजनीतिज्ञहरूले पनि आफ्ना कार्यकर्ता र आसेपासेहरूको साँघुरो घेराबाट बाहिर निस्केर विविधतायुक्त समूहलाई सम्बोधन गर्न थाल्ने हो भने युवाहरू राजनीतितर्फ पुनः आकषिर्त हुनसक्छन् र राजनीति पनि आफसेआफ संग्लिँदै जान्छ ।
कुनै दिन हाम्रा राष्ट्रपतिले आफूले लिएका महत्त्वपूर्ण निर्णय -जस्तै कटुवाल प्रकरणमा आफूले चालेको कदम) किन सही थियो भनेर त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र र समाजशास्त्रका विद्यार्थीहरूलाई सम्बोधन गर्न सक्लान् ? वा के हाम्रा प्रधानमन्त्रीले काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूको अर्को समूहमा गएर माओवादीलाई गृह मन्त्रालय दिने आफ्नो निर्णय किन सही थियो भन्न सक्लान् ? किनकि यी दुवै निर्णय पछाडिको तर्क जान्ने अधिकार एमाले केन्द्रीय सदस्यहरूलाई मात्र होइन कि आमजनतालाई पनि छ । राष्ट्रपतिको निर्णयबारे त त्यत्रो समूहलाई समेत जानकारी छैन । अथवा के हाम्रा नवनियुक्त ऊर्जामन्त्रीले पोखरा विश्वविद्यालयका शिक्षक र विद्यार्थीमाझ गएर नेपाल विद्युत प्राधिकरणको समस्या कसरी सल्टाउने भनेर सुझाव माग्न सक्लान् ? यसो गर्नसकेमा पो बल्ल शिक्षक र विद्यार्थीमा पनि आफ्नो ज्ञानबाट राष्ट्र लाभान्वित भएको अनुभूति हुन्छ र राष्ट्रप्रति लगाव रहिरहन्छ ।
मिति: २०६८ जेष्ठ २ गते कान्तिपुर दैनिकमा प्रकाशित ।

Thursday, May 31, 2012
संविधानसभाः शुन्य उपलब्धि र अनिश्चित भविष्य
२०६५ साल जेठ १५ गते । नेपालको इतिहासमा ६ दशकदेखिको अनवरत संघर्ष त्याग र बलिदानपछि प्राप्त भएको संविधानसभाको पहिलो बैठक बस्दै थियो । यो बैठक किन महत्वपुर्ण थियो भने यसले देशलाई एउटा सर्वथा नयाँ युगमा प्रवेश गराउँदै थियोः संविधानतः सोही दिनको बैठकबाट गणतन्त्र घोषणा हुँदै थियो । निर्वाचनमा राप्रपा नेपालबाहेक अरु सबै दलले गणतन्त्रको नारा लिएर जनतामा गएकाले गणतन्त्र घोषणा हुने लगभग निश्चित थियो । तर नेपालको राजनीति कहिल्यै पनि सोझो रेखामा नहिँड्ने गरेकोले जनतामा एउटा आशंका व्याप्त थियो - कतै गणतन्त्रको आकाँक्षालाई नेताहरुले व्यक्तिगत वा दलगत स्वार्थसित साट्ने पो हुन् कि!
Wednesday, May 30, 2012
Prof. Kharel is the new chief of Central Department of JMC, TU
Professor P. Kharel has been appointed the chief of Central Department of Journalism and Mass Communications at Tribhuvan University for four years. Kharel took charge of his office on May 27 amid a function at Ratna Rajya Laxmi Campus.
Talking to MediaManch after assuming the post, Prof. Kharel briefly outlined his vision for the next four years. He said he will work to further enhance the quality of mass communication and journalism education in the country. "For that", he added, "my prime focus will be on revising course and introducing more comprehensive class assignments and practical exams."
Tuesday, May 29, 2012
Rupert Murdoch retreats from TV news business in India
Media Moghul Rupert Murdoch's company has withdrawn its stake from TV news business in India. It has sold all its stakes in three news channels: Star News (Hindi), Star Ananda (Bengali) and Star Majha (Marathi) to Ananda Bazaar Patrika Group, the other owners of the joint venture.
After Murdoch's Star India's sale of stakes, Star News is coming up as ABP News from June 1, 2012; ABP for Ananda Bazaar Patrika. Similarly, Bengali news channel Star Ananda would be ABP Ananda and Marathi news channel Star Majha would be ABP Majha.
Wednesday, May 9, 2012
संघीयताबारे तर्क वितर्क
मे ८ का दिन ट्वीटरमा नेपालीहरुबिच संघीयताको पक्ष र विपक्षमा महत्वपुर्ण बहस भयो । संघीयताको पक्ष र विपक्ष दुवैतर्फ जबर्जस्त तर्कहरु छन् । केही तर्कहरु यहाँ साभार गरिएका छन् । यसले के देखाउँछ भने संघीयताबारे राम्रोसँग जनतालाई बुझाउन र बिश्वासमा लिन नेताहरुले सकेका छैनन् । थप बहस जरुरी छ । यो बहसमा भाग लिने सबैलाई धन्यवाद ।
संघीयताबारे तर्क वितर्क
संघीयताबारे तर्क वितर्क
Monday, May 7, 2012
Appeal to Save Amar Bahadur
Amar Bahadur Bam of Dhari VDC Ward no. 3 in Darchula, Far Western Nepal is awaiting death following a Dubai Court's decision to execute him for his involvement in a case of murder of an Indian citizen. While available evidences show that he is innocent and didn't have any involvement in the murder, he is slapped capital punishment.
This is shameful that the government of Nepal has done very little to protect its citizen. I request all the citizens to pressurize the government to do the needful to save its citizen's life who is found innocent but could not prove his innocence merely because of language barriers. Please use any means you have - emails, facebook, twitter or any other social media to spread the message. I think such campaigns can bring consequences because such solidarity has helped save life of Dolma and others in the past.

Thursday, May 3, 2012
दीक्षान्त र सामुद्रिक यात्रा

यात्रा र जात्रामा के फरक छ ? पक्कै पनि धेरै फरक छ भन्ने लाग्नसक्छ । तर मेरो हजुरआमाले मलाई कखरा पढाउँदा 'य'लाई 'बुढो जे' भनेर पढाउनुहुन्थ्यो । 'य' 'बुढो जे' नै रहिरहेको भए यात्रा र जात्रामा केही फरक हुने थिएन । वास्तवमा मलाई सोध्नुहुन्छ भने अहिले पनि यात्रा र जात्रा एउटै हुन् । किनभने जात्रामा जुन रमाइलो हुन्छ, एकप्रकारको अनिश्चितता र भीड हुन्छ, यात्रा पनि त्यसबाट केही फरक हुँदैन । अझै यात्रा लामो छ वा बाटोमा बन्द हड्ताल परेर अड्किनुपर्यो वा गाडी बिग्रियो भने पुर्णरुपमा जात्रा नै बनिदिन्छ । यस्तै एउटा कथा टिपेर दीपक रौनियारले हाइवे भन्ने फिलिम नै बनाएका छन् । त्यसकारण मलाई पनि यात्रामा जानु जात्रा जस्तै लाग्छ र जात्रामा कम यात्रामा बढी निस्कने गर्छु ।
Sunday, April 15, 2012
Hate in public, love in private
![]() |
| The Geo-politics of Nepal and Bangladesh makes them very much dependent upon India. (Map doesn't depict exact national boundaries.) |
Thursday, March 15, 2012
इन्टरनेटका शत्रु देशहरुः भारतसमेत निगरानी सूचीमा
रिपोर्टर्स विदाउट बोर्डर्स (Reporters sans Frontiers) पत्रकारको सुरक्षा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले हरेक वर्ष विश्वका धेरै मुलुकहरुमा प्रेस स्वतन्त्रताको स्थितिको अनुगमन गरी एउटा प्रतिवेदन निकाल्ने गर्दछ । सन् २०११मा १७९ देशको प्रेस स्वतन्त्रताको स्थिति अनुगमन गरेर निकालेको रिपोर्ट अनुसार प्रेस स्वतन्त्रता सुचकाङ्कमा नेपाल १०६औँ स्थानमा छ ।
यो संस्थाले हालै इन्टरनेट स्वतन्त्रताका बारेमा एउटा अर्को रिपोर्ट सार्वजनिक गरेको छ जसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसरी भिन्न किसिमले कुण्ठित भएको छ भन्नेबारे उल्लेख छ । साइबरसेन्शरसीपविरुद्ध अन्तर्राष्ट्रिय दिवस मार्च १२ को अवसरमा प्रकाशित रिपोर्टले संसारभरका सरकारहरुले कसरी इन्टरनेटमाथि बन्देज लगाउने प्रयास गरिरहेका छन् भन्ने विस्तृतमा उल्लेख गरेको छ ।
इन्टरनेट नियन्त्रणका तरीकाः
Subscribe to:
Posts (Atom)