Showing posts with label "Enemies of Internet". Show all posts
Showing posts with label "Enemies of Internet". Show all posts

Thursday, March 15, 2012

इन्टरनेटका शत्रु देशहरुः भारतसमेत निगरानी सूचीमा


रिपोर्टर्स विदाउट बोर्डर्स (Reporters sans Frontiers) पत्रकारको सुरक्षा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले हरेक वर्ष विश्वका धेरै मुलुकहरुमा प्रेस स्वतन्त्रताको स्थितिको अनुगमन गरी एउटा प्रतिवेदन निकाल्ने गर्दछ । सन् २०११मा १७९ देशको प्रेस स्वतन्त्रताको स्थिति अनुगमन गरेर निकालेको रिपोर्ट अनुसार प्रेस स्वतन्त्रता सुचकाङ्कमा नेपाल १०६औँ स्थानमा छ ।
यो संस्थाले हालै इन्टरनेट स्वतन्त्रताका बारेमा एउटा अर्को रिपोर्ट सार्वजनिक गरेको छ जसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसरी भिन्न किसिमले कुण्ठित भएको छ भन्नेबारे उल्लेख छ । साइबरसेन्शरसीपविरुद्ध अन्तर्राष्ट्रिय दिवस मार्च १२ को अवसरमा प्रकाशित रिपोर्टले संसारभरका सरकारहरुले कसरी इन्टरनेटमाथि बन्देज लगाउने प्रयास गरिरहेका छन् भन्ने विस्तृतमा उल्लेख गरेको छ ।
इन्टरनेट नियन्त्रणका तरीकाः