![]() |
| सुन्दर नैनीताल |
यो सत्य हेर्न एकपटक भारतको ग्रामीण र पहाडी क्षेत्र घुम्न जाने इच्छा थियो । संयोगवश केही महिनाअघि पश्चिम भारतको उत्तराखण्डका केही गाउँहरु घुम्ने अवसर मिल्यो । त्यहाँ घुमिरहँदा भने मेरो मानस पटलमा भारतको ग्रामीण समुदायको जुन चित्र बनेको थियो, त्योभन्दा बिल्कुल भिन्न अनुभव हुन पुग्यो ।
महाकाली सन्धिका छिटा
महेन्द्रनगरबाट विवादास्पद महाकालीको एकतर्फी पुल तरेर बनबासा बजार पुग्दासाथ चित्र अर्कै देखिन थाल्दछ । सीमा नदी मानिएको महाकाली नदीको पानीको वितरण देखेर कुनै पनि नेपालीको मन किन खिन्न नहोला र ! नेपालतर्फ सिंचाईको लागि एउटा सानो नहरबाट पानी ल्याइएको छ भने भारततर्फ एउटा ठुलो नदी जत्रै नहरमा नेपालतर्फ भन्दा ५,६ गुना बढी पानी लगिएको छ । त्यो देखेपछि वास्तवमा महाकाली सन्धिताका नेपाल ठगिएको छ भन्ने अनुमान सामान्य नेपालीले पनि लगाउन सक्दछ । त्यही कारण नै हुनुपर्दछ, नदीको वाँडफाँडको आधारबारे सोधखोज नै नगरी महाकाली सन्धि राष्ट्रघाती नै थियो भन्ने आमधारणा नेपालमा बनेको छ ।
