Tuesday, March 19, 2013
Monday, March 18, 2013
अख्तियार प्रमुखमा लोकमान सिँहः चोरलाई चौतारी साधुलाई शुली
![]() | |
|
दुरुपयोगी नै दुरुपयोग
अनुसन्धानकर्ता!
यदि खिलराज रेग्मी
नेतृत्वको सरकारले यी कुरालाई ख्याल नगरी कार्कीलाई अख्तियारमा नियुक्त गर्यो भने
दुरुपयोगी नै दुरुपयोग अनुसन्धानकर्ता र समग्र सँयन्त्रको नेता बन्ने पक्का छ । नेपालीमा
एउटा उखान छ "चोरलाई चौतारी साधुलाई शुली" । जिन्दगीभर अख्तियारको दुरुपयोग गरेका सफलता वा लाभको पद लिनका
लागि सधैँ छोटो बाटो (शर्टकट) प्रयोग गरेका चरम
अवसरवादी र जनविरोधी व्यक्ति नै अब अख्तियार अनुसन्धान आयोगको प्रमुख हुने भएपछि कस्तो
सुशासन र भ्रष्टाचार निवारण होला देशमा? के एमाओवादीले खोजेको
सुशासन यस्तै हो?
Tuesday, February 26, 2013
गफै त हो सम्धी
![]() |
| प्रविधिको प्रयोगमा नेपालका सबै सरकारी कार्यालयको तुलनामा निर्वाचन आयोग अगाडि रहिआएको छ । मतदाता सुचीमा नाम लेखाएपछि सबै मतदाताको नाम यसरी वेबसाइटमा अद्यावधिक गर्ने गरेको छ । |
सामाजिक मिडियामा सबैभन्दा धेरै हुने कुराकानी भनेको राजनीतिक दल र नेतालाई गाली हो । हरेक दिन अधिकाँश हामीहरु यसैमा व्यस्त हुन्छौँ । तर एउटा सानो प्रश्नले भने मलाई यो समुहको सक्रियताबारे सोच्न बाध्य पारेको छ ।
Wednesday, February 13, 2013
ग्याँसको मुल्यवृद्धि र बाबुरामको ढोँग
जाँदाजाँदै बाबुराम भट्टराई नेतृत्वको सरकारले खाना पकाउने ग्याँसको मुल्यमा अकल्पनीय ४३% ले बृद्धि गरेको छ । यो अप्रत्याशित मुल्यवृद्धिले अधिकाँश नेपालीलाई पीडा थप्ने त पक्का छ नै, समाजवादी ढोँग दिने बाबुराम सरकारको असली अनुहार पनि उदाङ्गो पारेको छ । अब घरको भान्सामात्र होइन होटेलका चियाखाजा पनि महँगिनेछन् र औसत नेपालीको आम्दानीको ठुलो अँश ग्याँस किन्नमै खर्च गर्न परेपछि उनिहरुको जीवनस्तर खस्कने पक्का छ । शायद बाबुरामको समाजवाद यही नै हो ।
सरकारले बढेको मुल्यबापत प्राप्त गर्ने १० करोड राजस्व आयबाट जनतालाई अनुदान दिने भनेको छ । पहिले पुरै पैसा तिर अनि पाइने अनुदानचाहिँ बैँकबाट लेउ अरे । पहिलो कुरा त लागु गर्ने भनिएको ग्याँस कार्डको व्यवस्था नै धेरैलाई थाहा छैन । सरकारका नीतिनिर्मातालाई थाहा छ नेपालका धेरै गृहिणीहरु त्यति चलाख र फुर्सदिला छैनन् जो ग्याँस सकिएर भान्सा नबलेपछि पहिला ग्याँस कार्ड बनाउँछन्, अनि ग्याँसको लागि लाइन लाग्छन्, अनि बल्ल बिल लिएर गएर अनुदानबापतको रकम भुक्तानी लिन फेरी बैँकमा लाइन लाग्छन् ।

Friday, February 1, 2013
दीक्षान्त र सेन्टमार्टिन भ्रमणका केही दृश्य
सन् २००८ सेप्टेम्बरदेखि ढाका विश्वविद्यालयमा रिजनल मास्टर्स इन जर्नालिज्म मिडिया एण्ड कम्युनिकेशनमा थालेको अध्ययन औपचारिक रुपमा जुन २०१० मा सकिएको थियो । तर दीक्षान्त भने २०१२ को मार्चमा मात्र भयो । दीक्षान्तका लागि श्रीमती शारदाका साथ काठमाडौँ - काँकरभिट्टा - च्याङ्ग्राबान्दा हुँदै ढाका गाडीमै गइएको थियो । दीक्षान्त सकेर फेरी बंगलादेशको पर्यटकीय टापु सेन्टमार्टिन पुगियो । यो यात्राको वृत्तान्त दीक्षान्त र सामुद्रिक यात्रा पहिले नै लेखेको थिएँ । केही तस्वीरहरु picovico को सहयोगमा भिडियो बनाइएको छ । मेरो जिन्दगीको यो महत्वपुर्ण क्षण यहाँ सँग्रहित गर्नु उपयुक्त ठानेँ र पोष्ट गरेको छु ।
Thursday, January 31, 2013
परिचयविहिन म
सानैमा बाउले आफ्नो नामको अन्त्यमा क्षेत्री राखिदिए । हुर्किंदै जाँदा थाहा भयो म त क्षेत्री होइन । नत बाहुन नै हुँ । उपाध्याय बाहुन हजुरबुवाले बर्मा गएका बेला राम्री देखेर मेरी क्षेत्रीनी हजुरआमालाई विवाह गरेकोले मेरा बाबु क्षेत्री बने र हामी सबै पुस्ता क्षेत्री नै बन्यौं । स्थानीय भाषामा बाहुनबाट खसेर बनेका खस जाती अरे । खसेपछि हाम्रो सामाजिक स्तर पनि एक तह तल हुने नै भयो । क्षेत्रीनी बिवाह गरेर आधा दर्जन छोराछोरी पाइसकेपछि पनि हजुरबुवाले मेरी हजुरआमाले पकाएको खानुभएन । दुइवटी श्रीमतीको धनी भएको र अर्की हजुरआमा बाहुनी भएको कारणले उहाँले कहिल्यै आफैंले पकाएर पनि खानुपरेन ।
यो विभाजन मेरो परिवारमा अहिले तेस्रो पुस्तामा छ र अझै पनि अर्की हजुरआमातर्फबाट जन्मेका दाजुभाइसँग मैले सँगै खाना खाँदा कसैलाई अप्ठ्यारो लाग्दछ । यो दलितहरुको जस्तै अवस्था हो भन्न त सक्दिन, तर सारा संसारबाट नै यसरी प्रताडित हुँदा, थिचिँदा, पिसिँदा उनीहरुले अनुभव गर्ने पीडा कति भयावह हुन्छ होला भन्ने एकछेउ अनुमानचाहिँ म गर्न सक्थेँ ।
यसरी भन्दा म बाहुनभित्रको दलित थिएँ ।

Tuesday, January 22, 2013
Welcome to Twitter, Mr. Prime Minister
Let me start with a bluntly conclusive argument: Prime
Minister Baburam Bhattarai's entry into twitter is a welcome move.
Now, I revisit
an event of the past: few days ago, a twitter handle, @BaburamB came into light
overnight. This was opened more than a year ago, had a reference to BRB's personal website, had some tweets identical with what he had posted in the website. So, it somehow looked credible. A tweet from the handle
asked whether the Prime Minister should step down. In this depressing time of
political stalemate, bickering and mudslinging, people in social media started
interacting with this handle, expecting that it was genuine account of the
Prime Minister Bhattarai. As the interaction went up, himalkhabar.com carried
out a news story based on that.
However, Prime Minister's personal aide
Bishwadeep Pandey (@BishwadeepP) came to say that the account is not genuine
and Bhattarai is neither in facebook nor in twitter. Not having a presence in
social media for the Prime Minister Bhattarai who is
(or was) thought to be the bridge between educated middle class and the Maoist
party must have been the embarrassing moment. Eventually, we have him on twitter and his account is genuine now.
Friday, January 4, 2013
Monday, December 24, 2012
बुढो रुखको आत्महत्या (भाग २)
(कथाको दोस्रो वा अन्तिम भाग । पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस् ।)
एउटा बसन्तको सुन्दर दिन थियो । मेरा वरिपरि
झण्डै तीन दर्जनको हाराहारीमा मानिस जम्मा भएका थिए । तीमध्ये ४ वा ५ जनासँग
हतियार पनि थिए । म आश्चर्यमा थिएँ कि किन आज मानिसहरु यहाँ जम्मा भएका होलान्? सधैँ हतार हुने यी बिद्रोहीहरु किन आज मेरो वरिपरि सुस्ताउने धैर्य गरेका
छन्? यी प्रश्नको उत्तर खोज्न मैले धेरै बेर कुर्न परेन ।
एकजना मेरो ठ्याक्कै अगाडि आए र छरिएर रहेकाहरुलाई आफु वरिपरि आउन आग्रह गरे । उनी
रहेछन् कमरेड जेनिथ, बिद्रोहीका जिल्ला नेता । उनको भनाईबाट
मैले बुझेँ कि एकजना जिल्ला कमिसार र अर्की लडाकु युवतीबिच बिहे हुँदै रहेछ । ती
जिल्ला कमिसार चाहिँ क्षेत्री रहेछन् र लडाकु युवतीचाहिँ युगौँदेखि माथिल्लो जात
भनिएकाले दलेर दलित नाम पाएको दमाई जातबाट रहिछिन् ।
ती वक्ताले यो कुरालाई जोड दिएर भने, "कमरेड भिक्टर र कमरेड निशाबिचको यो विवाह एउटा प्रगतिशील कदम हो । यसले परम्परागत रुपमा दलित भनेर पछि पारिएका समुदायलाई पनि हाम्रो पाटीमा समान रुपमा हेरिन्छ भन्ने कुरा स्थापित गर्दछ । हाम्रो पाटी र यसमा लागेका सबै कमरेडहरुले सँसारका सबै मानिस समान हुन् र केवल जात छन् भने पुँजिपती र श्रमीक दुईमात्र हुन् भन्ने कुरालाई आत्मैबाट अँगालेका छन् भन्ने प्रमाण पनि हो यो । सँसारको परिवर्तन चाहन्छौ भने आफैँबाट थाल भन्ने कुरालाई अनुसरण गर्दै आज विवाहबन्धनमा बाँधिने उहाँहरु दुवै जनालाई क्रान्तिकारी लाल अभिवादन ।"

Thursday, December 20, 2012
बुढो रुखको आत्महत्या (कथा)
डाँडाको टुप्पोमा
वर्षौँदेखि एक्लै उभिइरहेको छु । आउने जाने मान्छेहरु मेरै छहारीमा एकछिन बिसाएर
जान्छन् । आफ्नो बिरानो नभनी सबैलाई छहारी दिएकै छु । तर तिनैले नै हिँड्ने बेलामा
भन्छन् कस्तो एक्लो रुख । पक्कै यो डाहाडे हुनुपर्छ र अरुलाई छेउमा पर्न पनि दिएको
छैन । एकलकाँटे । आदि इत्यादी । यी सबै कुरा मैले पचाइरहेकै छु । तर कहिलेकाहीँ
उनीहरुलाई पनि आफ्नो बारेमा केही भनिदिउँ कि झैँ त लाग्छ । भन्न मन लाग्छ मैले जति
हुरीबतास वर्षा र आँधी कसले सहेको छ? यसरि उभिन मैले कम परिश्रम गरेको छु?
तर मान्छेको जातै न हो
आफ्नो बिचार काटिएको कहाँ सुन्न सक्छ र? त्यसैले धैर्य गरेरै बसेको थिएँ । एक्लै भएपनि
जिन्दगीलाई जसोतसो घिसारेकै थिएँ । शीर ठाडो गरेर उभिएकै थिएँ । जिन्दगीमा सधैँ
अझै धेरै बाँच्ने र मानिसहरुलाई छहारी दिइरहने आशा थियो । तर आज भने मनै मरेर आयो
। बाँच्नुको आकाँक्षा नै मरेर गयो । त्यसैले यो कथा भन्दैछु ।
Subscribe to:
Posts (Atom)