|
दुरुपयोगी नै दुरुपयोग
अनुसन्धानकर्ता!
यदि खिलराज रेग्मी
नेतृत्वको सरकारले यी कुरालाई ख्याल नगरी कार्कीलाई अख्तियारमा नियुक्त गर्यो भने
दुरुपयोगी नै दुरुपयोग अनुसन्धानकर्ता र समग्र सँयन्त्रको नेता बन्ने पक्का छ । नेपालीमा
एउटा उखान छ "चोरलाई चौतारी साधुलाई शुली" । जिन्दगीभर अख्तियारको दुरुपयोग गरेका सफलता वा लाभको पद लिनका
लागि सधैँ छोटो बाटो (शर्टकट) प्रयोग गरेका चरम
अवसरवादी र जनविरोधी व्यक्ति नै अब अख्तियार अनुसन्धान आयोगको प्रमुख हुने भएपछि कस्तो
सुशासन र भ्रष्टाचार निवारण होला देशमा? के एमाओवादीले खोजेको
सुशासन यस्तै हो?
रेग्मी सरकारको परीक्षाः
यदि उनको नियुक्ति भयो भने
रेग्मी सरकारमाथि चार दलीय प्रभावको निकृष्ट उदाहरण पनि स्पष्ट हुनेछ । खिलराजले निर्वाचन
सम्पन्न गराउने स्वतन्त्र सरकारको नेतृत्व लिएको दाबी गरेपनि चारदलको खेलौनामात्र
भएको स्पष्ट हुनेछ । केही राजनीतिक दलहरुले अहिलेको समग्र राजनीतिक प्रक्रियामा
आफुलाई पाखा पारिएको भनेर आन्दोलनसमेत घोषणा गरेको अवस्थामा यो निर्णयले रेग्मी
सरकारले थप बैधता गुमाउनेछ । र सडकमा रहेका राजनीतिक दलहरुलाई आफ्ना मुद्दा
स्थापित गराउन सघाउ पुर्याउनेछ ।
तसर्थ हाललाई के अपेक्षा
गर्न सकिन्छ भने रेग्मी सरकारले आफु चारदलीय खेलौनामात्र नभइ समग्र निर्वाचन
प्रक्रिया सम्पन्न गराउन आएको र सबै दलको सरकार भएको प्रत्याभुति दिन पनि कमसेकम
लोकमानसिँह कार्कीको नियुक्तिलाई अस्वीकार गरेर माओवादीलाई नै अर्को व्यक्ति
सिफारिश गर्न आग्रह गर्नेछ । साथै चारदल बाहिर रहेका अन्य शक्तिलाई पनि समेट्नको
लागि संवैधानिक नियुक्तिको अन्तिम अधिकार राख्ने संवैधानिक परिषद्ले अन्य दललाई
पनि यो प्रक्रियामा सामेल गराउनुपर्छ । रेग्मी सरकारको प्रतिवद्धता, स्वतन्त्रता र बैधताको पहिलो परीक्षा यही नै हो ।
कार्की किन बने माओवादीका
प्रियपात्र?
एनेकपा माओवादी
शान्तिप्रक्रियामा आउँदा सबैभन्दा ठुला खलपात्रमध्येमा पर्थे लोकमानसिँह कार्की ।
तर यिनै खलपात्रप्रति एमाओवादीको किन मोह बढ्यो? तत्कालीन खलपात्र यति छिट्टै कसरी एनेकपा
माओवादीका प्रियपात्र बने? यी प्रश्न जताततै उठेका छन्
तर माओवादीले तीनको उत्तर दिन सकेको छैन । जनताप्रति उत्तरदायित्व नभएपनि आफ्नै
कार्यकर्ताका लागि पनि एमाओवादीले उत्तर दिनैपर्छ कि हिजोका ठुला शत्रु यति छिट्टै
कसरी प्रियपात्र बने? सयौँ हण्डर पीडा र त्याग गरेका कार्यकर्ताले
थाहा पाउनुपर्यो कि उनको के योगदान छ?
जबसम्म माओवादीले उत्तर
दिन्न जनता अनुमान गर्न स्वतन्त्र छन् र केही अनुमान यस्ता छन्:
- लोकमान सिँह कार्की र माओवादीबिच एकार्काका काला कर्तुत नखोतल्ने सहमती भएको छ ।
- प्रचण्डले जम्मा पारेको भनिएको अकुत सम्पत्तिबारे छानबिन नगर्न लोकमान सिँह प्रतिवद्ध छन् ।
- साथै अख्तियारमा गएर पनि एमाओवादीलाई आर्थिक स्रोत जुटाउन सहयोग गर्ने लोकमान सिँहको प्रतिवद्धता जनाएका छन् ।
- लोकमानसिँहले एमाओवादीमात्र होइन नेकपा एमाले र काँग्रेस तथा मधेशी मोर्चासम्बद्ध नेताहरुले गरेका भ्रष्टाचारबारे पनि छानबिन नगर्न प्रतिबद्धता जनाएका छन् ।
यो प्रक्रियाका साक्षीको
रुपमा रहेका तथा भागबण्डामा सहभागी नेपाली काँग्रेस र एमालेले पनि यस्ता प्रश्नको
जवाफ दिन जरुरी छ । यस्ता विवादित व्यक्तिबारे स्पष्ट जानकारी नआएसम्म यस्तै
अनुमानहरु लगाउन जनता बाध्य नै हुनेछन्।
लोक-निन्दालाई एमाओबादीले शिरानी हालेर चैनको स्वास फेर्न चाहेको मात्र हो । कैयौं यस्ता दृष्टान्त घाम जस्तै छर्लङ्ग छन्, जसलाई एमाओबादीले ढाकछोप तथा बलात संरक्षणको माध्यमद्वारा अपराधीको मनोबल बढाउने कार्य गरेको छ ।
ReplyDeleteअंग्रजीमा एउटा भनाइ छ: you scratch my back, I scratch yours. यहि हुन गइरहेको छ ।
ReplyDelete