Tuesday, July 3, 2012

बेलायतमा टिभी र पत्रिकाको विज्ञापन आम्दानीमा भारी कमी आउने

बेलायतमा सन् २०१२ मा टिभी र पत्रिकाको विज्ञापनबापत हुने आम्दानी ३५ करोड पाउण्डले घट्ने एउटा अध्ययनले देखाएको छ । युरो कप र लण्डन ओलम्पिक हुँदासमेत यति आम्दानी कम हुने एउटा विज्ञापन फर्म ग्रुप एमले अनुमान गरेको छ ।  


ग्रुप एमका अनुसार टिभीले विज्ञापनबापत गर्ने आम्दानी ०‍.१ प्रतिशतले मात्र बढ्ने जनाएको छ । यही फर्मले वर्ष २०१२ को शुरुवातमा टिभीले विज्ञापनबापत गर्ने आम्दानी ३ प्रतिशतले बढ्ने जनाएको थियो ।  अब बेलायतभरिका टिभीले विज्ञापनबापत गर्ने आम्दानी जम्मा ३.५६ अर्ब पाउण्ड हुनेछ ।
यो वर्ष सबैभन्दा बढी पत्रिकाको आम्दानी ‌ओरालो लाग्नेछ । फर्मको अनुमान अनुसार यस वर्ष पत्रिकाको विज्ञापनबापतको आम्दानी गत वर्षको तुलनामा ६.३ प्रतिशतले घट्नेछ । यसो हुँदा पत्रिकाहरुले गत वर्षको तुलनामा ८ करोड पाउण्ड कम आम्दानी गर्नेछन् ।
तर समग्रमा बेलायतको विज्ञापन बजार भने ३.४ प्रतिशतले बढेर १३.२ अर्ब पाउण्ड पुगेको छ । यो वृद्धिबाट सबैभन्दा बढी फाइदा इन्टरनेटले लिएको छ । इन्टरनेटमार्फत हुने विज्ञापन १४.२ प्रतिशतले बढेर यो वर्ष ५.३५ अर्ब पाउण्ड पुग्ने अनुमान छ । 
थप विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।
यसबारे केही बहस मिडियामञ्चमा पनि भएको छ जसलाई यहाँ पढ्न सक्नुहुन्छ ।

No comments:

Post a Comment