बिगत केही समयदेखि अन्य सामाजिक सञ्जाबाट तीव्र चुनौती खेपीरहेको इन्टरनेट कम्पनी याहुले आश्चर्यजनक रुपमा नयाँ कार्यकारी प्रमुखका लागि गुगलकी एक कर्मचारीलाई छानेको छ । अब गुगलकी उच्च कर्मचारी तथा कम्पनिकी प्रथम महिला इन्जिनियर मारिसा मायरले याहुको उच्च पद सम्हाल्ने छिन् ।
इन्टरनेटमार्फत विज्ञापन वितरणलाई प्रमुख राजस्व आधार बनाएको कम्पनी याहु पछिल्लो समयमा ट्वीटर, फेसबुक र गुगलसितको प्रतिस्पर्धा र आन्तरिक विवादका कारण आलोचित हुँदै आएको थियो । साथै प्रमुख कार्यकारीहरुको अस्थिरताले पनि कम्पनीलाई जगडेको थियो फलस्वरुप गत ५ वर्षमा याहुको उच्च तहमा पुग्ने पाँचौँ कार्यकारी नै बनेकी छन् मायर ।
सिलिकन भ्यालिमा उच्च पदमा पुग्ने महिला
यो छनोटसँगै अमेरिकाको प्रमुख सुचनाप्रविधि केन्द्र मानिने सिलिकन भ्यालीमा उच्च तहमा पुग्ने महिला
पनि बनेकी छन् मायर । ३७ वर्षीया मायर गुगल शुरुवात भएको दोस्रो वर्ष सन् १९९९ देखि नै कम्पनीसँग आवद्ध रहँदै आएकी थिइन् ।
पनि बनेकी छन् मायर । ३७ वर्षीया मायर गुगल शुरुवात भएको दोस्रो वर्ष सन् १९९९ देखि नै कम्पनीसँग आवद्ध रहँदै आएकी थिइन् ।
आफु उक्त पदमा चुनिएपछिमायरले ७० करोड इन्टरनेट प्रयोगकर्ताको गन्तव्य बनेको याहुको उच्च कार्यकारीमा पुग्न पाउँदा आफुमा गौरवबोध भएको बताइन् । सन् २००८ मा माइक्रोसफ्टले ४४।६ अरब डलरमा किन्न खोज्दा इन्कार गरेको याहुको मोल अहसले घटेर १९ अर्ब डलर पुगेको छ । कम्पनीलाई पुरानै बाटोमा फर्काउन मायरले थुप्रै सिर्जनशील प्रविधी र उपायहरु प्रयोग गर्नुपर्नेछ ।
थप समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment