|
जन्मभुमीको सेवा |
हालै रसियाले युक्रेनको
पुर्वी भाग क्रिमियालाई आफ्नो मुलुकमा गाभेको छ । यसबारे विश्व बिभाजित छ ।
अमेरिकी नेतृत्वको विश्वको ठुलो हिस्सा यसलाई अर्को मुलुकको सम्प्रभुतामाथिको
आक्रमण ठान्छ । बिरोध गर्छ । रसियाले भने क्रिमियाको आत्मनिर्णयको अधिकार भएको
भन्दै आफ्नो कदमको बलपुर्वक प्रतिरक्षा गर्दै आइरहेको छ । १९९० को शुरुमा शीतयुद्ध
सकिएपछि फेरि तत्कालिन प्रतिद्धन्दी शक्तिहरु नै आमने सामने भएका छन् । यो बिभाजन
बढ्दै जाने अनुमान गरिएको छ । १९७५ मा यसरी नै सिक्किमको विलय गरेको भारतले रुसको
कदमको समर्थन गरेको छ । यसका छिटा नेपालमा पनि आइपुगेका छन् । सरकारी र औपचारिक
तहमा नेपाल तटस्थ बस्ने निर्णय गरेको छ । सरकारइतर केही शक्तिहरु भने नेपालले यसको
बिरोध गर्नुपर्थ्यो भन्ने ठान्छन्।