Wednesday, August 29, 2012

NAM, Nepal and the Western world


Last two years have brought great political upheavals in the Arab world. But now, there are two great things happening. One is the political uprising and the killings in Syria and the other is Non-Aligned Movement (NAM) Conference in Iran.
The Prime Minister of Nepal Dr. Baburam  Bhattarai has flown to attend the two-day conference starting Thursday. As Nepal has become an important member of the Movement for long, it is not unusual that the chief executive of the country participated. But not any more!
Concerns of the Western Nations
On the eve of his travel, Kathmandu-based diplomats from the powerful nations tried to convince him not to go to Tehran. It’s not because they have differences with the NAM but because they ‘hate’ the host country.

Sunday, August 26, 2012

Technologies of Freedom: Social Media

In Nepal or even India and many other developing countries, debates about social media are more focused about their negative impacts i.e. defamation, obscenity, hatred and violence. Rather than discussing about how to make best use of these technologies, people are more worried about how to better control them. In my personal experience, even in some sessions that are designed to make people literate about social media, the debate shifts towards how to restrict them. I have found many people worried about controlling mechanisms even before they start using them!

Tuesday, August 21, 2012

Five years of RTI in Nepal

Today, Nepal celebrates five years of implementation of Right to Information. Though Right to Information was recognized as fundamental human right by 990 vonstitution of Nepal, door for implementation opened when the interim parliament passed Right to Information Act 2007 on July 18. This was endorsed by the speaker of the parliament on July 21 and came into force on August 20, 2007. 


Friday, August 10, 2012

शिक्षामा छिमेकीको छलाङ

धेरै विकसित देशहरूले आफ्नो प्रगतिको पछाडि शिक्षाको महत्त्व दर्साउँछन् । शैक्षिक गुणस्तर नघटोस् र शैक्षिक क्रियाकलापमा असर नपरोस् भनेर ती देशहरू आर्थिक संकटको अवस्थामा पनि शिक्षामा तुलनात्मक रूपमा कम खर्च कटौती गर्छन् । संसारभरिबाट उत्कृष्ट दिमागहरू आकषिर्त गर्न उनीहरूबीच प्रतिस्पर्धा रहन्छ । यस्तै आयातीत दिमागबाट प्रगति गर्दै उनीहरू अगाडि बढिरहेका छन् । भर्खरै अमेरिकामा एक नेपाली वैज्ञानिकले मंगल ग्रहमा पानीको सम्भावना पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेलेको समाचार बाहिर आएको छ ।

देशले वास्तविक प्रगति गर्ने हो भने मानव संशाधनमै लगानी गर्नुपर्छ भन्ने स्पष्ट छ । उदाउँदा एसियाली महाशक्तिहरू भ्ाारत र चीनले पनि पछिल्लो समयमा यो महत्तालाई आत्मसात् गर्दै शिक्षामा लगानी बढाउँदै आफूलाई उत्कृष्टताको केन्द्रमा रूपान्तरण गर्दै छन् । ठूल्ठूला प्राविधिक विश्वविद्यालय खुल्ने क्रम जारी छ । पहिले आफ्ना विद्यार्थीहरूलाई पश्चिमा मुलुकमा पठाएर ज्ञानसीप सिकाउने र देशमा फर्काई काममा लगाउने नीति लिएको चीनले अहिले शिक्षामा अभूतपूर्व लगानी गरिरहेको छ । चिनियाँहरू विदेश गएर पढ्ने चलन अब परिवर्तन भएर विदेशीहरू चीनमा आएर पढ्ने क्रम सुरुवात भएको छ । चीनको अन्तर्राष्ट्रिय छवि अलि नकारात्मक रहेको आत्मसात् गर्दै  मूल भूमि चीनमा विदेशीहरू आउन नसक्ने आँकलन गर्दै सन् २००९ देखि चीनले व्यापारिक केन्द्र हङकङका विभिन्न ८ विश्वविद्यालयमा हरेक वर्ष १ सय ३५ जना विदेशीहरूलाई हङकङ पीएचडी फेलोसिपअन्तर्गत अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ । यसका लागि प्रत्येक वर्ष उसले करोडौं डलर खर्च गर्छ । यो छात्रवृत्तिको प्राज्ञिक पूर्वाधार र विद्यार्थीहरूलाई दिइने सुविधा विश्वका उत्कृष्ट विश्वविद्यालयको भन्दा कम छैन । मूल भूमिमै पनि उसले छिमेकी देशका विद्यार्थीलाई दिइने छात्रवृत्तिमा ठूलो वृद्धि गरेको पाइन्छ । त्यसैको फलस्वरूप केही वर्षअघिको तुलनामा छात्रवृत्तिमा अध्ययन गर्न चीन जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ । 

पश्चिमा देशहरूले आर्थिक संकटका कारण यस्ता छात्रवृत्तिहरूमा कटौती गर्दै गइरहेको अवस्थामा चीनको यो अभ्यासले वास्तवमै चीन उदाउँदो शक्ति बन्दै गइरहेको प्रमाणित गर्छ । पहिले अमेरिका पढ्न जानका लागि बेइजिङस्थित अमेरिकी भिसा कन्सुलेटको अगाडि लाइन लाग्ने अवस्था अब परिवर्तन भएको छ । अहिले लन्डन वा वासिङटनमा पश्चिमाहरू हङकङ पीएचडी फेलोसिप वा अन्य कुनै छात्रवृत्तिका लागि प्रतिस्पर्धा गर्दै छन् । संसारभरि चिनियाँ भाषा सिक्न चाहनेहरूको संख्यामा तीव्र वृद्धि भइरहनु त्यसकै एउटा प्रमाण हो । क्याम्बि्रज विश्वविद्यालयको आइइएल्टीएस वा अमेरिकाको लागि टोफल वा जीआरईजस्तै निकट भविष्यमै चिनियाँ भाषाको पनि यस्तै एउटा मानक परीक्षा मापदण्ड विस्तार भएमा आश्चर्य मान्नुपर्नेछैन । चीनले आर्थिक विकासको नेतृत्व मात्र गरेको छैन, बिस्तारै सांस्कृतिक विकासको नेतृत्व पनि लिने आँट गर्दै गइरहेको छ ।

भारतले त धेरै पहिलेदेखि विदेशी विद्यार्थीलाई आकषिर्त गर्ने नीति लिई नै रहेको छ । सम्भवतः औपनिवेशिक विरासतकै कारण धेरै पहिलेदेखि थुप्रै देशसँग भारतले छात्रवृत्ति आदानप्रदान सुरु गरेको हो । अहिले भारतले निर्माण गरिरहेको भनिएको नक्कली कपिलवस्तु आयोजनाका पछाडि पनि नालन्दा बौद्ध विश्वविद्यालय प्रमुख छ, जहाँ भारतले विश्वभरिका बौद्ध धर्मावलम्बी र त्यसबारे जान्न इच्छुकहरूका लागि उत्कृष्ट बौद्ध शिक्षा प्रदान गर्ने योजना बनाएको छ । गौतम बुद्धले ज्ञान प्राप्त गरेको बिहारको गयालाई केन्द्र बनाई विस्तार हुने यो परियोजनाले भारतको उत्तरी राज्यहरू बिहार र उत्तर प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई तीव्रता दिने अपेक्षा भारत सरकारले गरेको छ । 

भारत र चीन मात्र होइन, दक्षिण एसियाका अन्य छिमेकी मुलुकहरूले समेत शिक्षामा अभूतपूर्व लगानी र त्यसबाट चामत्कारिक प्रगति हासिल गरिरहेका छन् । बंगलादेशमा टेक्स्टाइल उद्योगले आश्चर्यजनक प्रगति गरिरहँदा त्यहाँ खुलेको टेक्स्टाइल विश्वविद्यालय -पहिले कलेज र सन् २०१० देखि स्वतन्त्र विश्वविद्यालय) को भूमिका प्रमुख छ । त्यहाँ त शिक्षा क्षेत्र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतसमेत बनेको छ । नेपालबाटै प्रत्येक वर्ष ५ सय विद्यार्थी चिकित्साशास्त्रअन्तर्गत एमबीबीएस, बीडीएस, एमएस वा एमडी, नर्सिङ, पब्लिक हेल्थ, इन्जिनियरिङ आदि पढ्न जान्छन् । औसतमा एक विद्यार्थीले बीस लाख खर्च गर्ने अनुमान गर्ने हो भने पनि प्रत्येक वर्ष एक अर्ब नेपाली रुपैयाँ बंगलादेश गएको हिसाब निस्कन्छ, जब कि धेरैजसो विद्यार्थी जाने चिकित्साशास्त्रमा उनीहरूले त्योभन्दा धेरै रकम शुल्कका रूपमा मात्र बुझाउँछन् । उनीहरूको खानेबस्ने खर्चको हिसाब गर्ने हो भने योभन्दा धेरै पैसा नेपालजस्तो सानो मुलुकबाट बंगलादेश गइरहेको छ । योभन्दा धेरै ठूलो मात्रामा नेपालको पैसा भारत गइरहेको छ, किनकि नेपाली विद्यार्थीहरू भारतका विद्यालयदेखि विश्वविद्यालय तहसम्म पैसा तिरेर अध्ययन गर्छन्, छात्रवृत्तिमा अध्ययन गर्नेहरूको संंख्या कम छ । युरोपेली र अमेरिकी देशमा जाने रकम पनि यत्तिकै ठूलो छ । ती देशहरू शुल्कको रूपमा नेपालबाट विदेशी मुद्रा पनि आर्जन गरिरहेका छन् र यहाँबाट गएका विद्यार्थीहरूले गर्ने कामबाट श्रमको अतिरिक्त मूल्य प्राप्त गरेर धनी बनिरहेका छन् । 

तर नेपाल भने छिमेकमा भइरहेका यस्ता प्रगति र शिक्षामा लगानी गरेर उनीहरूले प्राप्त गरेको उपलब्धिबाट बेखबर छ । शिक्षामा अहिलेजस्तो अस्तव्यस्तता कहिल्यै थिएन । शैक्षिक पात्रो भताभुंग छ र शिक्षा मूलतः निजी क्षेत्रको सिन्डिकेटको जालोमा परेको छ । नेपाली मेडिकल कलेजमा पूरै पैसा तिर्छु भन्दा समेत पढ्न नपाउने अवस्था छ किनकि सिमानातिर खुलेका धेरैजसो मेडिकल कलेजहरूले सकेसम्म भारतीय विद्यार्थी आएर नेपालीलाई भर्ना लिनु नपरे हुन्थ्यो भन्ने सोच्छन् । नेपालीलाई एकैपटक तीसौं लाख जम्मा गर्नुपर्ने र किस्तामा तिर्नेसमेत सुविधा नभएकाले ती सुविधा हुने बंगलादेश वा फिलिपिन्स उनीहरूको एमबीबीएस वा अन्य प्राविधिक विषय अध्ययनको गन्तव्य बन्ने गरेको हो । 

भारतले बुद्धको नाम बेचेर एसियामै सांस्कृतिक नेतृत्व लिने प्रयास सुरु गरेको छ, बुद्ध जन्मेका देशका हामी भने उसलाई गाली मात्रै गर्दै बसिरहेका छौं । यो अस्तव्यस्तताका लागि केवल राजनीतिक नेतृत्व मात्र दोषी छैन, अनैतिकता, सिन्डिकेट, आर्थिक अपारदर्शिता र दिग्भ्रमित विद्यार्थी आन्दोलन पनि उत्तिकै जिम्मेवार छन् । सरकारी वा सामुदायिक शिक्षण संस्था र विश्वविद्यालयलाई निकम्मा बनाउने, निजी क्षेत्रलाई असीमित छुट र प्रोत्साहन दिने, नेपाली विद्यार्थीहरूलाई विदेश पलायन हुन प्रोत्साहित गर्ने दुश्चक्र भंग नभएसम्म नेपालले न त विकास र प्रगति गर्न सक्छ, न तीव्र विकास गरिरहेका छिमेकीहरूबाट फाइदा नै लिन सक्छ ।

२०६८ श्रावण कान्तिपुर दैनिकमा प्रकाशित । 

Thursday, August 9, 2012

News Corporation reports huge quarterly loss


Media Mogul Rupert Murdoch's News Corporation, embroiled in deep crisis after revelations of phone-hacking by its UK Tabloid News of the World, has reported huge quarterly loss in revenue.
The company said it incurred a loss of $1.6bn in the last quarter (April-June), a huge loss as compared to a profit of $683m in the same period a year ago.

Wednesday, August 8, 2012

सञ्चारकर्मी प्रविण गिरीलाई म यसरी सम्झन्छु

प्रविण गिरीसँग सन् २००५ मा छोटो समय नेपाल टेलिभिजनमा काम गर्ने मौका पाएको थिएँ । म अँग्रेजी समाचार डेस्कमा काम गर्थेँ उहाँ नेपाली समाचार बुलेटिन पढ्नुहुन्थ्यो । उहाँले डेस्कमा गरेको मलाई याद भएन । समाचार पढ्नेहरुको काम नै आधा घण्टा अगाडि आउने ड्रेस परिवर्तन गर्ने (तात्कालिक समयमा महिलाले ब्लाउज सारी र पुरुषले दौरा सुरुवाल लगाउनै पर्थ्यो), क्यु शिट अनुसार समाचारको क्रम मिलाउने र जाने हुन्थ्यो ।

उक्त समयमा हाइप्रोफाइल समाचारबाचकहरु थिए नेपाल टेलिभिजनमा: रमा सिंह, बसन्त साप्कोटा, नारायणी थापा, समिता राणा, कोमल ओली आदि । त्यसैले समाचार पढ्नुभन्दा कम्तीमा १ घण्टा अघि आइपुग्नुपर्ने नियम भएपनि कोही त १५ मिनेट अगाडि मात्रै आएर भए पनि कपडा फेर्न हतारहतार गर्थे ।

Monday, August 6, 2012

ट्याब्लोइड पत्रकारिता र सौर्य दैनिकको गाइजात्रा प्रकरण

देशमा गाइजात्रा चलिरहेको छ । प्रज्ञा भवनमा कलाकारहरुको । सिंहदरबार र त्यसको वरिपरि नेताहरुको । एउटा दलसम्वद्ध युवाहरु पनि ४ दिनसम्म बाटो बन्द गर्ने घोषणा गरेर गाइजात्रा देखाउन कस्सिएका छन् । यस्तो बेलामा पत्रकारितामा पनि गाइजात्रा हुने नै भयो । यस्तै एउटा महान प्रहसन केही समय अगाडिदेखि प्रकाशनमा आएको सौर्य दैनिकले पनि देखायो रेखा थापाको नाममा केही भद्दा र अश्लील चुट्किलाहरु छापेर । 
'रेखा थापाको मिनिस्कर्ट रहस्य' शीर्षकमा छापिएका चुट्किलाहरुले रेखा थापा र उनका पुर्व पती छवी ओझाको वैयक्तिक सम्मान र सार्वजनिक मर्यादालाई त ठुलो चुनौती दिएका छन् नै । आकारमा ट्याब्लोइड देखिने यो पत्रिकाले गर्ने पत्रकारिताको प्रकारबारे पनि केही बहस अवश्य उब्जिएका छन् ।

Thursday, July 19, 2012

याहुले चोर्यो गुगलकी उच्च पदस्थ कर्मचारी


बिगत केही समयदेखि अन्य सामाजिक सञ्जाबाट तीव्र चुनौती खेपीरहेको इन्टरनेट कम्पनी याहुले आश्चर्यजनक रुपमा नयाँ कार्यकारी प्रमुखका लागि गुगलकी एक कर्मचारीलाई छानेको छ । अब गुगलकी उच्च कर्मचारी तथा कम्पनिकी प्रथम महिला इन्जिनियर मारिसा मायरले याहुको उच्च पद सम्हाल्ने छिन् ।  
इन्टरनेटमार्फत विज्ञापन वितरणलाई प्रमुख राजस्व आधार बनाएको कम्पनी याहु पछिल्लो समयमा ट्वीटर, फेसबुक र गुगलसितको प्रतिस्पर्धा र आन्तरिक विवादका कारण आलोचित हुँदै आएको थियो । साथै प्रमुख कार्यकारीहरुको अस्थिरताले पनि कम्पनीलाई जगडेको थियो फलस्वरुप गत ५ वर्षमा याहुको उच्च तहमा पुग्ने पाँचौँ कार्यकारी नै बनेकी छन् मायर ।
सिलिकन भ्यालिमा उच्च पदमा पुग्ने महिला
यो छनोटसँगै अमेरिकाको प्रमुख सुचनाप्रविधि केन्द्र मानिने सिलिकन भ्यालीमा उच्च तहमा पुग्ने महिला

Thursday, July 5, 2012

George Entwistle is the new chief of BBC

After a long procedure to select a new Director for BBC, the largest public broadcaster in the world, George Entwistle has finally been named for the job. Former Newsnight editor and current controller of BBC Vision will replace Mark Thompson. 


He will oversee an organisation with more than 22,000 employees and total BBC revenues of nearly £5bn. After 23 years of service at BBC since he started as a trainee journalist, Entwistle has been elevated for the top position. He will assume the position from September. 

पत्रकारहरु र आम मान्छे

'सबै जनावर समान छन्, केही बढी समान छन् ।' जर्ज अरवेलको प्रसिद्ध कृति एनिमल फार्मको यो वाक्य समाजमा समानताका नाममा हुने असमानता जनाउन विभिन्न परिस्थितिमा प्रयोग गर्ने गरिन्छ । शीतयुद्धकालमा समाजवादी सोभियत संघसँग आबद्ध गणराज्यहरूमा निर्माण भएको खास कुलीन वर्गलाई देखाएर समाजवादी व्यवस्थामाथि प्रहार गर्न यो वाक्य धेरैले प्रयोग गर्ने गर्थे । सोभियत संघको पतनपछि पनि यो वाक्यले हामीलाई गिज्याउन छाडेको छैन । वास्तवमा यस्ता बढी समानहरू समाजमा विभिन्न परिस्थितिमा निर्माण हुन्छन् । कानुनका अगाडि सबै समान हुने मन्त्र बोक्ने उदार प्रजातान्त्रिक व्यवस्थामा यो समानता केवल दर्शनमा मात्रै सीमित छ । बरु असमानताको निर्माण नै यो व्यवस्थाको मूल लक्ष्य हो । यस्तै बढी समानहरूको निर्माणमा अहिले आवाजविहीनहरूको आवाज भनिने नेपालको पत्रकारिता जगत् पनि रुमल्लिइरहेको छ ।


प्रसंग हो विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि एमालेसंबद्ध युवा संघ मोरङका उपाध्यक्ष परशुराम बस्नेतको निर्देशनमा भएको भनिएको आक्रमणको । घटनामा गम्भीर घाइते भएका ढकाल उपचारपछि घर फर्केका छन्, तर घटना सेलाइसकेको छैन । बरु यसले सञ्चारमाध्यम वा पत्रकारिताको व्यावसायिक आचारबारे लामो समयसम्म बहस आकषिर्त गर्ने देखिन्छ ।
त्यही घटनाको केही दिनअघि -जेठ ११ गते) हिमाल खबरपत्रिकाका संवाददाता एकल सिलवाललाई धादिङको जोगीमारामा एउटा भीडले मरणासन्न हुने गरी कुट्यो र क्यामेरा तोडफोडपछि छाडिदियो । उनको वेदना कसैले सुनेन । कुनै साप्ताहिक पत्रिकाले पनि ठाउँ नदिएपछि उनले एउटा ब्लगमा आफ्नो वेदना पोखेका छन् । त्यसबारे पत्रकार महासंघले एउटा विज्ञप्ति पनि निकालेन । अन्य सञ्चारमाध्यम वा उनले काम गर्ने पत्रिकाले पनि यो कुरालाई छापेको छैन । विराटनगर घटनाको ५ दिनपछि जेठ २७ मा बारामा एकजना सरकारी कर्मचारी धिरज महतोको हत्या भयो । त्यो घटनाले पनि सञ्चारमाध्यममा खासै महत्त्व पाउन सकेन ।
यी घटनालाई समग्रमा हेर्दा नेपालको पत्रकारिताले थुप्रै किसिमले 'बढी समान' हरूको निर्माण गरेको स्पष्ट हुन्छ । आम मानिसभन्दा पत्रकार बढी समान छन् । आम मानिसको जीउधनभन्दा पत्रकारको जीउधन बढी महत्त्वपूर्ण छ अर्थात् मानिसको बाँच्न पाउने हकभन्दा प्रेस स्वतन्त्रता बढी महत्त्वपूर्ण हो । अर्कोतर्फ पत्रकारबीच नै पनि केही बढी समानहरू छन् । त्यहाँ यी बढी समानहरूका पनि तह हुन सक्छन् । जस्तैः शक्तिशाली 'ब्रोडसिट' पत्रिकामा काम गर्नेहरू, ठूला दलसँग संबद्धहरू आदि अलि बढी समान हुन् र जिल्लामा काम गर्नेहरू, दलित पत्रकारहरू अथवा कुनै दलको संरक्षण प्राप्त नगर्नेहरू कम समान हुन सक्छन् ।
सञ्चारकर्मीहरूले ढकालमाथि भएको आक्रमणलाई मानिसको सूचनाको हकमाथिको चुनौती र स्वतन्त्र प्रेसमाथिको आक्रमणको रूपमा लिएका छन् । यी दुवै तर्कसँग असहमति हुन सकिँदैन । पत्रकारले निसङ्कोच र निर्भयसाथ काम गर्न पाउनुपर्छ । घटनापछि सञ्चारमाध्यमहरूले गरेको कभरेज हेर्दा यो घटनालाई देशमा संविधान निर्माण र शान्ति प्रक्रियाभन्दा पनि महत्त्वपूर्ण एजेन्डा बनाइएको छ । सबैखाले सञ्चारमाध्यममा यो घटनाको प्रचुर र व्यापक 'कभरेज' भएको छ । तर, कानुनको शासन र जनताको सूचनाको हकका लागि गरिएको भनिएको यो आन्दोलन कतै प्रत्युत्पादक त भएको छैन ? जुन किसिमले पत्रिकाहरूले घटनाका आरोपित भनिएका परशुराम बस्नेत, उनको सम्पत्ति र व्यवहारबारे विवरणहरू बाहिर ल्याएका छन्, ढकालमाथि आक्रमण हुनुअघि नै यी कुरा किन बाहिर आउन सकेनन् ? किन यति धेरै ज्यादतीबारे समाचार लेख्ने प्रयास गरिएन ? यसले एकजना 'गुन्डा' का अगाडि नेपालको समग्र पत्रकारिता नै नतमस्तक हुँदोरहेछ भन्ने देखाउँछ । अहिले आएर फटाफट उनका कर्तुतबारे खोतल्दै जाँदा समग्र पत्रकारिताले आफ्नै कमजोरीप्रति पनि कुरीकुरी गरिरहेको छ, अरू कति यस्ता 'डन' होलान् जसका क्रियाकलापप्रति नेपालको पत्रकारिताले आँखा चिम्लिरहेको होला ? 
सञ्चारमाध्यमहरू लामो समय एउटै घटना वा व्यक्तिका पछाडि दौडिरहँदा अन्य महत्त्वपूर्ण विषय छुट्ने जोखिम रहन्छ । अर्कोतर्फ राज्य वा अन्य शक्तिशाली निकायले बेलाबेलामा ध्यान अन्यत्रै खिच्न यस्ता मुद्दाहरूको निर्माण गरिदिन्छन् र सञ्चारमाध्यमहरूको ध्यान अन्यत्र मोडिइरहेका बेला आफ्ना खराब क्रियाकलापबारेका समाचारलाई गाड्ने (डम्प गर्ने) गर्छन् । यसले गर्दा झन् जनताको सूचनाको हकमाथि उल्टो आघात पुर्‍याउँछ । यो प्रकरणका कारण पनि यस्तै कुनै घटना भएका छन् कि ? उदाहरण लिऊँ बजेटको मुखमा आएर सञ्चारमाध्यमको ध्यान त्यता मोडिँदा अरबौं रुपैयाँको कर छली प्रकरणको अनुसन्धानमा ढिलाइ पो भइरहेको छ कि ? अथवा उनीहरूलाई सहुलियत दिने गरी बजेट निर्माण पो हुँदै छ कि ? अथवा सेना समायोजन प्रक्रिया अवरुद्ध हुनुका पछाडि सञ्चारमाध्यममार्फत उचित दबाब पो पुगेन कि ?
अब कुरा गरौं पत्रकार महासंघको आन्दोलनको । एउटा कुरा स्पष्ट छ, देशमा कानुनी शासन स्थापनाका लागि हाल सबैभन्दा ठूलो समस्या भनेको संक्रमणकालीन अवस्था हो । जतिसक्दो चाँडो शान्ति प्रक्रिया र संविधान निर्माण पूरा हुन्छ, त्यति नै छिटो यो समस्याको समाधान हुन सक्छ । यस्तो अवस्थामा पत्रकारिता जगत्कै हितका लागि पनि सबैभन्दा महत्त्वपूर्ण कुरा जारी संविधान निर्माण र शान्ति प्रक्रिया पूरा गराउन सकारात्मक हस्तक्षेप जरुरी छ । तर यो आन्दोलनले त यी सबै प्रक्रियालाई ओझेलमा पारेका छन् । कल्पना गरौं त, यी सबै प्रयत्नका बाबजुद परशुराम बस्नेतलाई प्रहरीले पक्राउ गर्न सकेन वा उनी अदालतबाट दोषी किटान हुन सकेनन् भने के होला ? पत्रकार महासंघको यो आन्दोलनको औचित्य के रहला ? अथवा उनी निर्दोष साबित भए भने उनको चुरीफुरी कति बढ्ला ? के यही एउटा घटनालाई आधार बनाएर सरकार समग्र रूपमा असफल भएको भन्ने जनमत सिर्जना गर्न त खोजिँदै छैन ? अब त परशुरामले प्रहरीसमक्ष आत्मसमर्पण नै गरे भने पनि उनी त 'हिरो' बनिसके । उनले चलाइरहेको व्यवसाय (गुन्डागर्दी वा अन्य) आगामी दिनमा झनै बढ्नेछ । समग्र पत्रकारिता जगत् बरु कहीँ न कहीँ जानी वा नजानी कसैको गोटी बन्न पुगेको छ र अभिजातवर्गहरूको निर्माण जारी छ ।
२०६८ असार २१ गतेको कान्तिपुर दैनिकमा प्रकाशित ।