Showing posts with label Mayer. Show all posts
Showing posts with label Mayer. Show all posts

Thursday, July 19, 2012

याहुले चोर्यो गुगलकी उच्च पदस्थ कर्मचारी


बिगत केही समयदेखि अन्य सामाजिक सञ्जाबाट तीव्र चुनौती खेपीरहेको इन्टरनेट कम्पनी याहुले आश्चर्यजनक रुपमा नयाँ कार्यकारी प्रमुखका लागि गुगलकी एक कर्मचारीलाई छानेको छ । अब गुगलकी उच्च कर्मचारी तथा कम्पनिकी प्रथम महिला इन्जिनियर मारिसा मायरले याहुको उच्च पद सम्हाल्ने छिन् ।  
इन्टरनेटमार्फत विज्ञापन वितरणलाई प्रमुख राजस्व आधार बनाएको कम्पनी याहु पछिल्लो समयमा ट्वीटर, फेसबुक र गुगलसितको प्रतिस्पर्धा र आन्तरिक विवादका कारण आलोचित हुँदै आएको थियो । साथै प्रमुख कार्यकारीहरुको अस्थिरताले पनि कम्पनीलाई जगडेको थियो फलस्वरुप गत ५ वर्षमा याहुको उच्च तहमा पुग्ने पाँचौँ कार्यकारी नै बनेकी छन् मायर ।
सिलिकन भ्यालिमा उच्च पदमा पुग्ने महिला
यो छनोटसँगै अमेरिकाको प्रमुख सुचनाप्रविधि केन्द्र मानिने सिलिकन भ्यालीमा उच्च तहमा पुग्ने महिला