Showing posts with label broadsheet. Show all posts
Showing posts with label broadsheet. Show all posts

Monday, August 6, 2012

ट्याब्लोइड पत्रकारिता र सौर्य दैनिकको गाइजात्रा प्रकरण

देशमा गाइजात्रा चलिरहेको छ । प्रज्ञा भवनमा कलाकारहरुको । सिंहदरबार र त्यसको वरिपरि नेताहरुको । एउटा दलसम्वद्ध युवाहरु पनि ४ दिनसम्म बाटो बन्द गर्ने घोषणा गरेर गाइजात्रा देखाउन कस्सिएका छन् । यस्तो बेलामा पत्रकारितामा पनि गाइजात्रा हुने नै भयो । यस्तै एउटा महान प्रहसन केही समय अगाडिदेखि प्रकाशनमा आएको सौर्य दैनिकले पनि देखायो रेखा थापाको नाममा केही भद्दा र अश्लील चुट्किलाहरु छापेर । 
'रेखा थापाको मिनिस्कर्ट रहस्य' शीर्षकमा छापिएका चुट्किलाहरुले रेखा थापा र उनका पुर्व पती छवी ओझाको वैयक्तिक सम्मान र सार्वजनिक मर्यादालाई त ठुलो चुनौती दिएका छन् नै । आकारमा ट्याब्लोइड देखिने यो पत्रिकाले गर्ने पत्रकारिताको प्रकारबारे पनि केही बहस अवश्य उब्जिएका छन् ।