Monday, October 17, 2016

भुराजनीतिको चपेटामा काश्मिर


२ वटा झण्डा फहराइरहेको जम्मु काश्मिर बिधान सभा भवन
एक उग्रवादी सँगठन हिज्बुल मुजाहिद्दीनका नेता बुर्हान वानीको गत जुलाइ ८ मा सुरक्षा कारवाहीमा मृत्यु भएपछि काश्मिरमा भड्किएको तनाव असोज ३० गते १०० दिन पुगेको छ । सुरक्षाकर्मीको बल प्रयोगबाट ९० भन्दा बढीको मृत्यु भइसकेको छ । वानीको 'गैर न्यायिक हत्या' को बिरोधमा शुरु भएको बिरोध भारतबाट स्वतन्त्रता ('आजादी') को नारामा आएर अड्किएको छ । काश्मीरको श्रीनगरका केही भागमा अझै पनि कर्फ्यु कायमै छ भने धेरै ठाउँमा छिटफुट प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनकारीले हड्ताल फिर्ता लिएको औपचारिक घोषणा नगरेकोले भय र आतंककै बिच गाडीहरु चल्छन् । यो सुन्दर पर्यटकीय स्थलमा कर्फ्यु, बन्द र हड्तालले सबै बासिन्दाको जनजीविका नराम्रोसित प्रभावित बनेको छ ।

हड्तालले यहाँको मुख्य पेशा पर्यटनलाई केही वर्ष तङ्ग्रिनै नसक्ने गरी प्रभावित पारेको छ । आम्दानीको अर्को मुख्य स्रोत स्याउ, बदाम र ओखर ढुवानीको समयमा हड्ताल परेपछि जनताको जिविका नै सङ्कटमा पर्ने भय देखिएको छ ।
                                                                            ***

२ सय ९५ किलोमिटर लामो नेशनल हाइवे ४४ ले जम्मु काश्मीर राज्यको शीतकालीन राजधानी जम्मु र ग्रिश्मकालीन राजधानी श्रीनगरलाई जोड्छ । जम्मुबाट आउँदा २०० किलोमिटर पार गरेपछि साढे २ किलोमिटर लामो जवाहर सुरुङ आउँछ जुन जम्मु र काश्मीरबिचको सीमारेखाजस्तो लाग्छ । त्यसको एकातर्फ शान्त छ, जनजीवन सामान्य छ । अर्कोतर्फ भय छ, आतँक छ; हरेक दिनको बन्द, प्रदर्शन, झडप, हताहती र मानवीय तथा भौतिक क्षति ।

भारतमा केही दिनमा दिपावली छ । यो चाडका लागि स्याउ, बदाम (आल्मन्ड) र ओखरको मुख्य आपुर्ति हुने काश्मीर यति लामो बन्दमा परेपछि आपुर्ति व्यवस्था नै खल्बलिन सक्ने आशँकाका बिच व्यापारीहरुले जोखिम मोलेर नै भएपनि ढुवानी गर्न थालेका छन् । उनीहरु रातीमै सामान लोड गर्छन् र रातीमै जवाहर सुरुङ पार गरिसक्छन् । यसैलाई मध्यनजर राखेर सुरक्षा संवेदनशिलताका बिच पनि प्रहरीले जवाहर सुरुङ २४ घण्टा नै खुला राख्ने निर्णय गरेको छ ।

हामी पनि स्याउ लिन हिँडेका हजारौँ ट्रकहरुको झण्डै २० किलोमिटरभन्दा लामो जामपछि अपरान्ह साढे ६ बजेतिर जवाहर सुरुङ पार गर्यौँ । सुरुङदेखि केही किलोमिटर दुरीमा हाम्रो गाडी पनि रोकियो । यहाँ अन्य गाडीहरु पनि लाइन लागेर रोकिएका थिए । ४ बजेपछि सुरुङ पार गर्ने धेरै गाडीहरु यहीँ रोकिएर राती १० बजेतिरमात्र हिंड्छन्, यो अपेक्षामा की ढुङ्गा हान्नेहरु थाकेर घर गइसकेका हुन् । पट्यारलाग्दो ३ घण्टा बिताएपछि गाडीहरु हिँड्न थाले, हामी पनि हिँड्यौँ, भयकै बिच ।

केही दिन अघिसम्म कश्मीरका धेरै ठाउँमा कर्फ्यु थियो, अहिले भने धेरै ठाउँ खुलेका छन् । प्रदर्शनकारीले लुकेर भएपनि ढुङ्गा हान्न भने छाडेका छैनन् । दिनमा जम्मु काश्भीर पुलिस र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) व्यापक रुपमा परिचालित हुने भएकोले ढुङ्गा हान्ने काम कम हुन्छ । अपरान्ह ५ बजेपछि सडकबाट प्रहरी पनि हिंड्ने भएकोले प्रदर्शनकारीले त्यही मौकामा भएपनि ढुङ्गा हानेर आफ्नो बिरोध जारी रहेको जनाउ दिइरहेका छन् ।

दुःखको कुरा यो प्रदर्शन अन्त्य हुने छाँट छैन । नोभेम्बरमा यहाँबाट सरकार (विधानसभा र राज्यसरकार) जम्मु सरुवा नहुन्जेल प्रदर्शन जारी रहने छ । त्यसपछि बन्दको कुनै औचित्य हुनेछैन । र खुलेपछि पनि जनजीविकाका लागि सहयोगी हुने छैन किनकि स्याउ, ‌ओखर र बदामको मुख्य माग हुने दिपावली गइसकेको हुनेछ; पर्यटकीय सिजन यसैपनि खेर गइसक्यो । केही समयभित्रै यहाँ हिउँ पर्न थालेपछि मानिसहरुको आवतजावत पनि कम हुनेछ र कश्मीर एक प्रकारले शीतनिद्रामा जानेछ ।

यहाँका जनतामा सरकारप्रतिको असन्तुष्टि भने रहि नै रहनेछ कि सरकारले समस्या समाधान गर्नुको सट्टा टार्नमात्र चाह्यो र यो असन्तुष्टि फेरी कुनै बेला विष्फोट हुनेछ ।
१०० दिनदेखि सुनसान बसपार्क
ध्वस्त जनजीविका
झेलम नदी, डल ताल, गुलमार्ग, सोनामार्ग, शंकराचार्य मन्दिर, मुगलकालीन बगैँचाहरु लगायतका दर्जनौँ पर्यटकीय क्षेत्रमा हजारौँ होटल र लजहरुले यसपटकको मुख्य पर्यटकीय सिजनमा व्यापार गुमाउन पुगे । यसले श्रीनगरलाई मात्रै प्रभावित गरेको छैन पुरा काश्मीरका जनताको जीविका सँकटमा पारेको छ । यहीँ हुँदै कार्गील, लदाख र लेह पुग्ने लाखौँ पर्यटकले बुकिङ रद्द गरेका छन् । १० लाख हिन्दु दर्शनार्थी आउने अपेक्षा गरिएको अमरनाथ यात्रा रद्द भएको छ । दुर्गा पुजामा आउने लाखौँ मानिस पनि यसपटक आएनन् । काश्मिरको प्रसिद्ध काश्मिरी पश्मिना, पछ्यौरा, गलैँचा र अन्य कपडा बुन्ने हजारौँ कपडा उद्योगहरु बन्द हुँदा लाखौँ बुनकर र आपुर्तिकर्ताहरुको जीविका सँकटमा परेको छ । काश्मिरको गुलमार्गमा रहेको केबलकारले मात्र प्रतिदिन झण्डै १ करोड रुपियाँ गुमाइरहेको हिसाब त्यहाँका कर्मचारीहरुले हामीलाई दिइरहेका थिए ।

गुलमार्ग श्रीनगरबाट माथि पहाडको टुप्पामा रहेको एक पर्यटकीय केन्द्र हो । त्यहाँ हामी पुग्दा ९९ दिनदेखि केबुलकार, होटल र सबै पर्यटकीय क्रियाकलापहरु बन्द थिए । तीन महिनापछि पहिलोपटक पुगेका हामी 'पर्यटक'हरुलाई देखेर सबैले आश्चर्यले हेरिरहेका थिए । भेटिएका जति सबैले आफ्नो जीविका ध्वस्त गरिदिएकोमा गुनासो गरिरहेका थिए ।

बन्दको बिच पनि हामीलाई खतरा मोलेर गुलमार्ग लिएर गएका थिए बिलाल खान । यात्राभर उनको गुनासो रह्यो कि बन्दले उनको यो सिजनको कमाईमात्र छिनेन बरु आउने केही वर्षको कमाइको स्रोत समेत ध्वस्त पारिदियो ।

जब आजादी (भारतबाट स्वतन्त्रता) मा आएर आन्दोलन अड्किएको छ त मैले पनि बिलाललाई सोधेँ"के साँच्चिकै आजादी चाहन्छन् काश्मिरी जनता?"

उनको उत्तरमा त्यही दिग्दारी देखिन्थ्यो, "पक्का । आजादी यी नेताहरुबाट जसले हाम्रो रोजीरोटी ध्वस्त पारे । यो स्वर्गसरी ठाउँलाई नर्कसमान बनाइदिए । यति स्रोत र सम्भावना छ काश्मिरको कि यो मुम्बई भन्दा पनि धनी बन्न सक्छ । तर केही वर्षको अन्तरालमा कुनै न कुनै दँगाफसाद भइ नै हाल्छ र त्यो सम्भावना टर्दैजान्छ ।"
सुनसान डल ताल


आखीर प्रत्येक २,४ वर्षमा किन गुन्जिन्छ काश्मिरमा आजादीको नारा ? यसको उत्तर भने काश्मिरभित्रमात्र खोजेर हुँदैन, त्यसका लागि भारत-पाकिस्तानको स्वतन्त्रता र विभाजनको इतिहास र यसको भुराजनीति पनि केलाउनुपर्ने हुन्छ ।

'आजादी'को आकाँक्षा
भारतका प्रसिद्ध इतिहासकार रामचन्द गुहाको आधुनिक भारतको इतिहाससम्बन्धी पुस्तक 'इन्डिया आफ्टर गान्धी'मा भारत पाकिस्तान विभाजनपछि काश्मिरको अवस्थाबारे अध्यायको शीर्षक छ 'अ भ्याली ब्लडी एन्ड ब्युटिफुल' अर्थात एक रक्ताम्ये र सुन्दर उपत्यका । यो पुस्तकमा उनले भारत पाकिस्तान विभाजनका बेला दुईतिर परेको काश्मीरको इतिहास पनि केलाएका छन् । दुर्भाग्य, यो अवस्था ७० वर्षपछि आज पनि सान्दर्भिक नै लाग्छ ।

अँग्रेजबाट भारतले स्वतन्त्रता पाएपछि  तत्कालिन ब्रिटिश इन्डियाभित्रका विभिन्न राज्यका रजौटाहरुले भारतीय सँघमा राज्य गाभ्न सहमत भएका थिए । भारत स्वतन्त्र हुने देखिएपछि जवाहरलाल नेहरुले स्वतन्त्रता अघि नै धेरै रजौटाहरुलाई भारतमा राज्य विलिन गराउन सहमत गराएका थिए । तर काश्मीरका तत्कालीन महाराजा हरी सिँहले भने आफ्नो राज्य सहजै भारतमा विलिन गराउन तयार भएनन् । भारत स्वतन्त्र भएको (१६ अक्टोबर, १९४७)  केही समयमै पाकिस्तानी आक्रमणकारीहरुले आक्रमण शुरु गरेर काश्मिरको धेरै भाग कब्जा गर्ने देखेपछि मात्र २६ अक्टोबर, १९४७ मा महाराजा हरी सिँहले काश्मिरलाई भारतमा विलिन गराउन राजी बनेका थिए।

पाकिस्तानी आक्रमणकारीहरुको तत्कालिन आक्रमण निस्तेज पार्न विलिन गराइएको भएपनि यहाँको आजादीको आकाँक्षालाई सम्बोधन गर्न यस्तो विलिन गराउने सम्झौताको जनमतसँग्रहबाट टुंगो लगाउने उल्लेख गरिएको थियो । यही कुरालाई सन् १९५० मा भारतीय सँविधान जारी हुँदा पनि सँक्रमणकालीन प्रबन्धको रुपमा राखियो जुन धारा ३७० को नामले प्रसिद्ध छ । यो धाराको आशय काश्मिर भारतको अँग सँक्रमणकालका लागि मात्र हो र यसको अन्तिम टुङ्गो जनमतसँग्रहपछि मात्र हुनेछ । यही जनमत सँग्रह ७० वर्षसम्म पनि काश्मिरमा हुन नसक्दा समस्या गिजोलिएको मात्र छ । अहिले पनि भारतका कुनै पनि प्रान्तको आफ्नै झण्डा छैन तर काश्मिरको आफ्नै झण्डा छ । यहाँको सँसद भवनदेखि सरकारी कार्यालयमा अहिले पनि काश्मिर र भारतको गरी २ वटा झण्डा फहराइन्छन् । यहाँका प्रायः राजनीतिक आन्दोलनमा आजादीको नारा लागि नै हाल्छ ।

यो समस्यालाई थप जटील बनाएको छ यसको भुअवस्थितिले । काश्मिर पुर्वमा चिनको तिब्बतसित जोडिन्छ भने उत्तर र पश्चिममा पाकिस्तान तथा दक्षिणमा पन्जाबसित जोडिन्छ । पाकिस्तान र चिनसित सामरिक व्यवहारमात्र होइन व्यापारिक कारोबारका लागि पनि यो क्षेत्र भारतका लागि ज्यादै महत्वपुर्ण छ । साथै अत्यन्द उर्बरा र धर्तीको स्वर्ग भनेर चिनिने काश्मीर भारतको गौरवको कुरा पनि हो जुन कहिल्यै गुमाउन चाहने छैन ।

अर्कोतर्फ आधी काश्मिर लिएर बसेको पाकिस्तानका लागि पनि गिल्गिट बाल्टिस्तान क्षेत्र सामरिक र व्यापारिक रुपमा पनि उत्तिकै महत्वपुर्ण छ । सँयुक्त राष्ट्रसँघमा समेत पुगेको जनमतसँग्रहको कुरा उसले ओगटेको काश्मिरमा पनि लागु हुन्छ, जुन उ चाहन्न । त्यसैले काश्मिरी जनताको आजादीप्रति ओठे समर्थन जनाइरहने र यो क्षेत्रमा आतँककारी घुसपैठ जारी राखेर भारतलाई अल्झाइराख्ने अभिप्राय मात्र पाकिस्तानको रहेको छ । यसको सामना गर्नका लागि भारतले अधिक सैन्य शक्ति यहीँ लगाएको छ । जसबाट थप प्रताडित बनेका छन् काश्मिरी जनता ।

यो वास्तविकता बुझेका काश्मिरीहरुलाई भने आजादीको नाराले पनि छुन छाडेको छ । बिलाल भन्छन् "जो गर्नुछ माथि माथि बसेकाले मिलाउनु, भारत र पाकिस्तानसित कुरा गर्नु । तर हाम्रो रोजीरोटीमाथि लात नहान्नु ।" पर्यटकीय पेशामा आश्रीत बिलालले उनीजस्ता लाखौँको पीडा देखेका छन् र आक्रोश व्यक्त गर्छन् । तर यही भुराजनीतिक वास्तविकताले काश्मिरको नियती तत्काल परिवर्तन हुनेवाला भने देखिन्न ।

Tuesday, February 16, 2016

Uneasy Questions

I was so intrigued by the Key note speech delivered by Nepal's finest intellectuals of our time Dr. Pitambar Sharma during the Inaugural session of Nepal Literature Festival in Pokhara on January 29, 2016 that I took pains to translate over 5,000 word speech. This was published by Setopati too.
When Member of Parliament Rabindra Adhikari requested me to put my views on the release of his book at this Literature Festival, I could not say no as I had also written a preface to his book. But I was really clueless about what I should say, I still am.
I have to begin by saying two things. First, this is not an intellectual address. I'm not going to present the findings from a serious research conducted on a particular subject. Second, what I'm going to say will not follow a sequential order; rather, it will be just like the time we live, like the unexpected - many times down and lesser times up - bends our development and politics has taken, like the gap between our speech and our acts, like the right hand does not know what the left hand is doing. It might, however, be a sequence of contradictions.
What is a contradiction? It is simply a bundle of questions fighting to get out of the narrow opening of feelings and experiences. The boon of contradiction is that questions are, or could themselves be answers. And it's not necessary for me to be saying what its curse entails - we all live it every day.
Another reason that I'm present before you with all my weaknesses is Pokhara. If this festival was not organized in Pokhara, I would not have come here or participated. For me, Pokhara is a city of excitement and longing.