उक्त समयमा हाइप्रोफाइल समाचारबाचकहरु थिए नेपाल टेलिभिजनमा: रमा सिंह, बसन्त साप्कोटा, नारायणी थापा, समिता राणा, कोमल ओली आदि । त्यसैले समाचार पढ्नुभन्दा कम्तीमा १ घण्टा अघि आइपुग्नुपर्ने नियम भएपनि कोही त १५ मिनेट अगाडि मात्रै आएर भए पनि कपडा फेर्न हतारहतार गर्थे ।
Showing posts with label Obituary. Show all posts
Showing posts with label Obituary. Show all posts
Wednesday, August 8, 2012
सञ्चारकर्मी प्रविण गिरीलाई म यसरी सम्झन्छु
प्रविण गिरीसँग सन् २००५ मा छोटो समय नेपाल टेलिभिजनमा काम गर्ने मौका पाएको थिएँ । म अँग्रेजी समाचार डेस्कमा काम गर्थेँ उहाँ नेपाली समाचार बुलेटिन पढ्नुहुन्थ्यो । उहाँले डेस्कमा गरेको मलाई याद भएन । समाचार पढ्नेहरुको काम नै आधा घण्टा अगाडि आउने ड्रेस परिवर्तन गर्ने (तात्कालिक समयमा महिलाले ब्लाउज सारी र पुरुषले दौरा सुरुवाल लगाउनै पर्थ्यो), क्यु शिट अनुसार समाचारको क्रम मिलाउने र जाने हुन्थ्यो ।
उक्त समयमा हाइप्रोफाइल समाचारबाचकहरु थिए नेपाल टेलिभिजनमा: रमा सिंह, बसन्त साप्कोटा, नारायणी थापा, समिता राणा, कोमल ओली आदि । त्यसैले समाचार पढ्नुभन्दा कम्तीमा १ घण्टा अघि आइपुग्नुपर्ने नियम भएपनि कोही त १५ मिनेट अगाडि मात्रै आएर भए पनि कपडा फेर्न हतारहतार गर्थे ।
उक्त समयमा हाइप्रोफाइल समाचारबाचकहरु थिए नेपाल टेलिभिजनमा: रमा सिंह, बसन्त साप्कोटा, नारायणी थापा, समिता राणा, कोमल ओली आदि । त्यसैले समाचार पढ्नुभन्दा कम्तीमा १ घण्टा अघि आइपुग्नुपर्ने नियम भएपनि कोही त १५ मिनेट अगाडि मात्रै आएर भए पनि कपडा फेर्न हतारहतार गर्थे ।
Tuesday, June 19, 2012
त्यो आशा रहेन अब
त्यो आशा अब बाँकी रहेन । बाँचुन्जेल भेट्ने मौका सार्दैसार्दै लगियो । यो पटकचाहिँ एक महिनापछि उहाँलाई भेट्न जान्छु भन्ने थियो । तर दुःखद कुरा अब उहाँ नै रहनुभएन । मेरो रहर त्यसै रह्यो । त्योभन्दा ठुलो रहर मेरी हजुरआमाको थियो शायद छोरीज्वाईँ र नातिनातिनीलाई अन्तिमपटक भए पनि भेट्ने । तर यो रहर लिएरै उहाँ बित्नुभयो । यति एउटा रहर पनि हामीले पुरा गरिदिन सकेनौँ । मलाई यो कुराले जिन्दगीभर पीडा दिने छ ।
ज्युँदो छउन्जेल यति एउटा कुरा त गर्न सकिएन । मरिसकेपछिको जीवनमा उहाँको आत्मालाई शान्ति होस् भन्नुको पनि कुनै अर्थ रहेन । अहिले सबैभन्दा पीडामा मेरी आमा हुनुहुन्छ जसले आफ्नै आमा गुमाउनुभएको छ । तर मैले आमालाई पनि केही भन्न सक्दिनँ किनकि उहाँलाई पनि मैले एकपटक पर्वतको फलेवास पुगेर हजुरआमालाई भेटेर आउनेछु भन्ने बचन दिएर झुक्याएको थिएँ ।
Subscribe to:
Posts (Atom)