बिगत केही समयदेखि अन्य सामाजिक सञ्जाबाट तीव्र चुनौती खेपीरहेको इन्टरनेट कम्पनी याहुले आश्चर्यजनक रुपमा नयाँ कार्यकारी प्रमुखका लागि गुगलकी एक कर्मचारीलाई छानेको छ । अब गुगलकी उच्च कर्मचारी तथा कम्पनिकी प्रथम महिला इन्जिनियर मारिसा मायरले याहुको उच्च पद सम्हाल्ने छिन् ।
इन्टरनेटमार्फत विज्ञापन वितरणलाई प्रमुख राजस्व आधार बनाएको कम्पनी याहु पछिल्लो समयमा ट्वीटर, फेसबुक र गुगलसितको प्रतिस्पर्धा र आन्तरिक विवादका कारण आलोचित हुँदै आएको थियो । साथै प्रमुख कार्यकारीहरुको अस्थिरताले पनि कम्पनीलाई जगडेको थियो फलस्वरुप गत ५ वर्षमा याहुको उच्च तहमा पुग्ने पाँचौँ कार्यकारी नै बनेकी छन् मायर ।
सिलिकन भ्यालिमा उच्च पदमा पुग्ने महिला
यो छनोटसँगै अमेरिकाको प्रमुख सुचनाप्रविधि केन्द्र मानिने सिलिकन भ्यालीमा उच्च तहमा पुग्ने महिला