ज्युँदो छउन्जेल यति एउटा कुरा त गर्न सकिएन । मरिसकेपछिको जीवनमा उहाँको आत्मालाई शान्ति होस् भन्नुको पनि कुनै अर्थ रहेन । अहिले सबैभन्दा पीडामा मेरी आमा हुनुहुन्छ जसले आफ्नै आमा गुमाउनुभएको छ । तर मैले आमालाई पनि केही भन्न सक्दिनँ किनकि उहाँलाई पनि मैले एकपटक पर्वतको फलेवास पुगेर हजुरआमालाई भेटेर आउनेछु भन्ने बचन दिएर झुक्याएको थिएँ ।
Showing posts with label Grandmother. Show all posts
Showing posts with label Grandmother. Show all posts
Tuesday, June 19, 2012
त्यो आशा रहेन अब
त्यो आशा अब बाँकी रहेन । बाँचुन्जेल भेट्ने मौका सार्दैसार्दै लगियो । यो पटकचाहिँ एक महिनापछि उहाँलाई भेट्न जान्छु भन्ने थियो । तर दुःखद कुरा अब उहाँ नै रहनुभएन । मेरो रहर त्यसै रह्यो । त्योभन्दा ठुलो रहर मेरी हजुरआमाको थियो शायद छोरीज्वाईँ र नातिनातिनीलाई अन्तिमपटक भए पनि भेट्ने । तर यो रहर लिएरै उहाँ बित्नुभयो । यति एउटा रहर पनि हामीले पुरा गरिदिन सकेनौँ । मलाई यो कुराले जिन्दगीभर पीडा दिने छ ।
Subscribe to:
Posts (Atom)