Showing posts with label Convocation. Show all posts
Showing posts with label Convocation. Show all posts

Friday, February 1, 2013

दीक्षान्त र सेन्टमार्टिन भ्रमणका केही दृश्य

सन् २००८ सेप्टेम्बरदेखि ढाका विश्वविद्यालयमा रिजनल मास्टर्स इन जर्नालिज्म मिडिया एण्ड कम्युनिकेशनमा थालेको अध्ययन ‍औपचारिक रुपमा जुन २०१० मा सकिएको थियो । तर दीक्षान्त भने २०१२ को मार्चमा मात्र भयो । दीक्षान्तका लागि श्रीमती शारदाका साथ काठमाडौँ - काँकरभिट्टा - च्याङ्ग्राबान्दा हुँदै ढाका गाडीमै गइएको थियो । दीक्षान्त सकेर फेरी ब‌ंगलादेशको पर्यटकीय टापु सेन्टमार्टिन पुगियो । यो यात्राको वृत्तान्त दीक्षान्त र सामुद्रिक यात्रा पहिले नै लेखेको थिएँ । केही तस्वीरहरु picovico को सहयोगमा भिडियो बनाइएको छ । मेरो जिन्दगीको यो महत्वपुर्ण क्षण यहाँ सँग्रहित गर्नु उपयुक्त ठानेँ र पोष्ट गरेको छु ।

Thursday, May 3, 2012

दीक्षान्त र सामुद्रिक यात्रा


यात्रा र जात्रामा के फरक छ ? पक्कै पनि धेरै फरक छ भन्ने लाग्नसक्छ । तर मेरो हजुरआमाले मलाई कखरा पढाउँदा 'य'लाई 'बुढो जे' भनेर पढाउनुहुन्थ्यो । 'य' 'बुढो जे' नै रहिरहेको भए यात्रा र जात्रामा केही फरक हुने थिएन । वास्तवमा मलाई सोध्नुहुन्छ भने अहिले पनि यात्रा र जात्रा एउटै हुन् । किनभने जात्रामा जुन रमाइलो हुन्छ, एकप्रकारको अनिश्चितता र भीड हुन्छ, यात्रा पनि त्यसबाट केही फरक हुँदैन । अझै यात्रा लामो छ वा बाटोमा बन्द हड्ताल परेर अड्किनुपर्यो वा गाडी बिग्रियो भने पुर्णरुपमा जात्रा नै बनिदिन्छ । यस्तै एउटा कथा टिपेर दीपक रौनियारले हाइवे भन्ने फिलिम नै बनाएका छन् । त्यसकारण मलाई पनि यात्रामा जानु जात्रा जस्तै लाग्छ र जात्रामा कम यात्रामा बढी निस्कने गर्छु ।