Friday, August 31, 2012

Unnecessary tags create nuisance to your friends


There are thousands of ways people are using social media like Facebook or Twitter. Certainly, they have good aspects and sadly all are not that good at all! For example, manipulating others’ pictures, using other’s pictures or status without proper credit and unnecessary tags, to name only a few.
In this short write-up, I am talking about tags, which have embarrassed many people and find a reason to hate or not love facebook as much as they could.
Tagging pictures in Facebook

People want their beautiful pictures to be seen by as many people as they can reach. Therefore, even if your friend was in the other side of the Atlantic or was probably sleeping when you were taking pictures, you are tagging him/her in the pictures.

Wednesday, August 29, 2012

NAM, Nepal and the Western world


Last two years have brought great political upheavals in the Arab world. But now, there are two great things happening. One is the political uprising and the killings in Syria and the other is Non-Aligned Movement (NAM) Conference in Iran.
The Prime Minister of Nepal Dr. Baburam  Bhattarai has flown to attend the two-day conference starting Thursday. As Nepal has become an important member of the Movement for long, it is not unusual that the chief executive of the country participated. But not any more!
Concerns of the Western Nations
On the eve of his travel, Kathmandu-based diplomats from the powerful nations tried to convince him not to go to Tehran. It’s not because they have differences with the NAM but because they ‘hate’ the host country.

Sunday, August 26, 2012

Technologies of Freedom: Social Media

In Nepal or even India and many other developing countries, debates about social media are more focused about their negative impacts i.e. defamation, obscenity, hatred and violence. Rather than discussing about how to make best use of these technologies, people are more worried about how to better control them. In my personal experience, even in some sessions that are designed to make people literate about social media, the debate shifts towards how to restrict them. I have found many people worried about controlling mechanisms even before they start using them!

Tuesday, August 21, 2012

Five years of RTI in Nepal

Today, Nepal celebrates five years of implementation of Right to Information. Though Right to Information was recognized as fundamental human right by 990 vonstitution of Nepal, door for implementation opened when the interim parliament passed Right to Information Act 2007 on July 18. This was endorsed by the speaker of the parliament on July 21 and came into force on August 20, 2007. 


Friday, August 10, 2012

शिक्षामा छिमेकीको छलाङ

धेरै विकसित देशहरूले आफ्नो प्रगतिको पछाडि शिक्षाको महत्त्व दर्साउँछन् । शैक्षिक गुणस्तर नघटोस् र शैक्षिक क्रियाकलापमा असर नपरोस् भनेर ती देशहरू आर्थिक संकटको अवस्थामा पनि शिक्षामा तुलनात्मक रूपमा कम खर्च कटौती गर्छन् । संसारभरिबाट उत्कृष्ट दिमागहरू आकषिर्त गर्न उनीहरूबीच प्रतिस्पर्धा रहन्छ । यस्तै आयातीत दिमागबाट प्रगति गर्दै उनीहरू अगाडि बढिरहेका छन् । भर्खरै अमेरिकामा एक नेपाली वैज्ञानिकले मंगल ग्रहमा पानीको सम्भावना पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेलेको समाचार बाहिर आएको छ ।

देशले वास्तविक प्रगति गर्ने हो भने मानव संशाधनमै लगानी गर्नुपर्छ भन्ने स्पष्ट छ । उदाउँदा एसियाली महाशक्तिहरू भ्ाारत र चीनले पनि पछिल्लो समयमा यो महत्तालाई आत्मसात् गर्दै शिक्षामा लगानी बढाउँदै आफूलाई उत्कृष्टताको केन्द्रमा रूपान्तरण गर्दै छन् । ठूल्ठूला प्राविधिक विश्वविद्यालय खुल्ने क्रम जारी छ । पहिले आफ्ना विद्यार्थीहरूलाई पश्चिमा मुलुकमा पठाएर ज्ञानसीप सिकाउने र देशमा फर्काई काममा लगाउने नीति लिएको चीनले अहिले शिक्षामा अभूतपूर्व लगानी गरिरहेको छ । चिनियाँहरू विदेश गएर पढ्ने चलन अब परिवर्तन भएर विदेशीहरू चीनमा आएर पढ्ने क्रम सुरुवात भएको छ । चीनको अन्तर्राष्ट्रिय छवि अलि नकारात्मक रहेको आत्मसात् गर्दै  मूल भूमि चीनमा विदेशीहरू आउन नसक्ने आँकलन गर्दै सन् २००९ देखि चीनले व्यापारिक केन्द्र हङकङका विभिन्न ८ विश्वविद्यालयमा हरेक वर्ष १ सय ३५ जना विदेशीहरूलाई हङकङ पीएचडी फेलोसिपअन्तर्गत अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ । यसका लागि प्रत्येक वर्ष उसले करोडौं डलर खर्च गर्छ । यो छात्रवृत्तिको प्राज्ञिक पूर्वाधार र विद्यार्थीहरूलाई दिइने सुविधा विश्वका उत्कृष्ट विश्वविद्यालयको भन्दा कम छैन । मूल भूमिमै पनि उसले छिमेकी देशका विद्यार्थीलाई दिइने छात्रवृत्तिमा ठूलो वृद्धि गरेको पाइन्छ । त्यसैको फलस्वरूप केही वर्षअघिको तुलनामा छात्रवृत्तिमा अध्ययन गर्न चीन जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ । 

पश्चिमा देशहरूले आर्थिक संकटका कारण यस्ता छात्रवृत्तिहरूमा कटौती गर्दै गइरहेको अवस्थामा चीनको यो अभ्यासले वास्तवमै चीन उदाउँदो शक्ति बन्दै गइरहेको प्रमाणित गर्छ । पहिले अमेरिका पढ्न जानका लागि बेइजिङस्थित अमेरिकी भिसा कन्सुलेटको अगाडि लाइन लाग्ने अवस्था अब परिवर्तन भएको छ । अहिले लन्डन वा वासिङटनमा पश्चिमाहरू हङकङ पीएचडी फेलोसिप वा अन्य कुनै छात्रवृत्तिका लागि प्रतिस्पर्धा गर्दै छन् । संसारभरि चिनियाँ भाषा सिक्न चाहनेहरूको संख्यामा तीव्र वृद्धि भइरहनु त्यसकै एउटा प्रमाण हो । क्याम्बि्रज विश्वविद्यालयको आइइएल्टीएस वा अमेरिकाको लागि टोफल वा जीआरईजस्तै निकट भविष्यमै चिनियाँ भाषाको पनि यस्तै एउटा मानक परीक्षा मापदण्ड विस्तार भएमा आश्चर्य मान्नुपर्नेछैन । चीनले आर्थिक विकासको नेतृत्व मात्र गरेको छैन, बिस्तारै सांस्कृतिक विकासको नेतृत्व पनि लिने आँट गर्दै गइरहेको छ ।

भारतले त धेरै पहिलेदेखि विदेशी विद्यार्थीलाई आकषिर्त गर्ने नीति लिई नै रहेको छ । सम्भवतः औपनिवेशिक विरासतकै कारण धेरै पहिलेदेखि थुप्रै देशसँग भारतले छात्रवृत्ति आदानप्रदान सुरु गरेको हो । अहिले भारतले निर्माण गरिरहेको भनिएको नक्कली कपिलवस्तु आयोजनाका पछाडि पनि नालन्दा बौद्ध विश्वविद्यालय प्रमुख छ, जहाँ भारतले विश्वभरिका बौद्ध धर्मावलम्बी र त्यसबारे जान्न इच्छुकहरूका लागि उत्कृष्ट बौद्ध शिक्षा प्रदान गर्ने योजना बनाएको छ । गौतम बुद्धले ज्ञान प्राप्त गरेको बिहारको गयालाई केन्द्र बनाई विस्तार हुने यो परियोजनाले भारतको उत्तरी राज्यहरू बिहार र उत्तर प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई तीव्रता दिने अपेक्षा भारत सरकारले गरेको छ । 

भारत र चीन मात्र होइन, दक्षिण एसियाका अन्य छिमेकी मुलुकहरूले समेत शिक्षामा अभूतपूर्व लगानी र त्यसबाट चामत्कारिक प्रगति हासिल गरिरहेका छन् । बंगलादेशमा टेक्स्टाइल उद्योगले आश्चर्यजनक प्रगति गरिरहँदा त्यहाँ खुलेको टेक्स्टाइल विश्वविद्यालय -पहिले कलेज र सन् २०१० देखि स्वतन्त्र विश्वविद्यालय) को भूमिका प्रमुख छ । त्यहाँ त शिक्षा क्षेत्र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतसमेत बनेको छ । नेपालबाटै प्रत्येक वर्ष ५ सय विद्यार्थी चिकित्साशास्त्रअन्तर्गत एमबीबीएस, बीडीएस, एमएस वा एमडी, नर्सिङ, पब्लिक हेल्थ, इन्जिनियरिङ आदि पढ्न जान्छन् । औसतमा एक विद्यार्थीले बीस लाख खर्च गर्ने अनुमान गर्ने हो भने पनि प्रत्येक वर्ष एक अर्ब नेपाली रुपैयाँ बंगलादेश गएको हिसाब निस्कन्छ, जब कि धेरैजसो विद्यार्थी जाने चिकित्साशास्त्रमा उनीहरूले त्योभन्दा धेरै रकम शुल्कका रूपमा मात्र बुझाउँछन् । उनीहरूको खानेबस्ने खर्चको हिसाब गर्ने हो भने योभन्दा धेरै पैसा नेपालजस्तो सानो मुलुकबाट बंगलादेश गइरहेको छ । योभन्दा धेरै ठूलो मात्रामा नेपालको पैसा भारत गइरहेको छ, किनकि नेपाली विद्यार्थीहरू भारतका विद्यालयदेखि विश्वविद्यालय तहसम्म पैसा तिरेर अध्ययन गर्छन्, छात्रवृत्तिमा अध्ययन गर्नेहरूको संंख्या कम छ । युरोपेली र अमेरिकी देशमा जाने रकम पनि यत्तिकै ठूलो छ । ती देशहरू शुल्कको रूपमा नेपालबाट विदेशी मुद्रा पनि आर्जन गरिरहेका छन् र यहाँबाट गएका विद्यार्थीहरूले गर्ने कामबाट श्रमको अतिरिक्त मूल्य प्राप्त गरेर धनी बनिरहेका छन् । 

तर नेपाल भने छिमेकमा भइरहेका यस्ता प्रगति र शिक्षामा लगानी गरेर उनीहरूले प्राप्त गरेको उपलब्धिबाट बेखबर छ । शिक्षामा अहिलेजस्तो अस्तव्यस्तता कहिल्यै थिएन । शैक्षिक पात्रो भताभुंग छ र शिक्षा मूलतः निजी क्षेत्रको सिन्डिकेटको जालोमा परेको छ । नेपाली मेडिकल कलेजमा पूरै पैसा तिर्छु भन्दा समेत पढ्न नपाउने अवस्था छ किनकि सिमानातिर खुलेका धेरैजसो मेडिकल कलेजहरूले सकेसम्म भारतीय विद्यार्थी आएर नेपालीलाई भर्ना लिनु नपरे हुन्थ्यो भन्ने सोच्छन् । नेपालीलाई एकैपटक तीसौं लाख जम्मा गर्नुपर्ने र किस्तामा तिर्नेसमेत सुविधा नभएकाले ती सुविधा हुने बंगलादेश वा फिलिपिन्स उनीहरूको एमबीबीएस वा अन्य प्राविधिक विषय अध्ययनको गन्तव्य बन्ने गरेको हो । 

भारतले बुद्धको नाम बेचेर एसियामै सांस्कृतिक नेतृत्व लिने प्रयास सुरु गरेको छ, बुद्ध जन्मेका देशका हामी भने उसलाई गाली मात्रै गर्दै बसिरहेका छौं । यो अस्तव्यस्तताका लागि केवल राजनीतिक नेतृत्व मात्र दोषी छैन, अनैतिकता, सिन्डिकेट, आर्थिक अपारदर्शिता र दिग्भ्रमित विद्यार्थी आन्दोलन पनि उत्तिकै जिम्मेवार छन् । सरकारी वा सामुदायिक शिक्षण संस्था र विश्वविद्यालयलाई निकम्मा बनाउने, निजी क्षेत्रलाई असीमित छुट र प्रोत्साहन दिने, नेपाली विद्यार्थीहरूलाई विदेश पलायन हुन प्रोत्साहित गर्ने दुश्चक्र भंग नभएसम्म नेपालले न त विकास र प्रगति गर्न सक्छ, न तीव्र विकास गरिरहेका छिमेकीहरूबाट फाइदा नै लिन सक्छ ।

२०६८ श्रावण कान्तिपुर दैनिकमा प्रकाशित । 

Thursday, August 9, 2012

News Corporation reports huge quarterly loss


Media Mogul Rupert Murdoch's News Corporation, embroiled in deep crisis after revelations of phone-hacking by its UK Tabloid News of the World, has reported huge quarterly loss in revenue.
The company said it incurred a loss of $1.6bn in the last quarter (April-June), a huge loss as compared to a profit of $683m in the same period a year ago.

Wednesday, August 8, 2012

सञ्चारकर्मी प्रविण गिरीलाई म यसरी सम्झन्छु

प्रविण गिरीसँग सन् २००५ मा छोटो समय नेपाल टेलिभिजनमा काम गर्ने मौका पाएको थिएँ । म अँग्रेजी समाचार डेस्कमा काम गर्थेँ उहाँ नेपाली समाचार बुलेटिन पढ्नुहुन्थ्यो । उहाँले डेस्कमा गरेको मलाई याद भएन । समाचार पढ्नेहरुको काम नै आधा घण्टा अगाडि आउने ड्रेस परिवर्तन गर्ने (तात्कालिक समयमा महिलाले ब्लाउज सारी र पुरुषले दौरा सुरुवाल लगाउनै पर्थ्यो), क्यु शिट अनुसार समाचारको क्रम मिलाउने र जाने हुन्थ्यो ।

उक्त समयमा हाइप्रोफाइल समाचारबाचकहरु थिए नेपाल टेलिभिजनमा: रमा सिंह, बसन्त साप्कोटा, नारायणी थापा, समिता राणा, कोमल ओली आदि । त्यसैले समाचार पढ्नुभन्दा कम्तीमा १ घण्टा अघि आइपुग्नुपर्ने नियम भएपनि कोही त १५ मिनेट अगाडि मात्रै आएर भए पनि कपडा फेर्न हतारहतार गर्थे ।

Monday, August 6, 2012

ट्याब्लोइड पत्रकारिता र सौर्य दैनिकको गाइजात्रा प्रकरण

देशमा गाइजात्रा चलिरहेको छ । प्रज्ञा भवनमा कलाकारहरुको । सिंहदरबार र त्यसको वरिपरि नेताहरुको । एउटा दलसम्वद्ध युवाहरु पनि ४ दिनसम्म बाटो बन्द गर्ने घोषणा गरेर गाइजात्रा देखाउन कस्सिएका छन् । यस्तो बेलामा पत्रकारितामा पनि गाइजात्रा हुने नै भयो । यस्तै एउटा महान प्रहसन केही समय अगाडिदेखि प्रकाशनमा आएको सौर्य दैनिकले पनि देखायो रेखा थापाको नाममा केही भद्दा र अश्लील चुट्किलाहरु छापेर । 
'रेखा थापाको मिनिस्कर्ट रहस्य' शीर्षकमा छापिएका चुट्किलाहरुले रेखा थापा र उनका पुर्व पती छवी ओझाको वैयक्तिक सम्मान र सार्वजनिक मर्यादालाई त ठुलो चुनौती दिएका छन् नै । आकारमा ट्याब्लोइड देखिने यो पत्रिकाले गर्ने पत्रकारिताको प्रकारबारे पनि केही बहस अवश्य उब्जिएका छन् ।