पुलमाथि जँगल |
इको ब्रिज! इको कोरिडोर, इको फ्रेण्डली आदि शव्द त सुनेकै थिएँ तर यहाँ आयो इको ब्रिज । के रहेछ यो भन्ने कौतुहलता त आउने नै भयो । तर हामीले सोध्नुभन्दा अगाडि नै हाम्रो तालिम सँयोजक टोनी यसबारे बताउन तम्सिए ।
खासमा कुरो के रहेछ भने नेदरल्याण्ड्स युरोपको सबैभन्दा बढी जनघनत्व भएको देश रहेछ । हामीकहाँ भन्दा धेरै खुला स्थानहरु राजधानी आम्स्टर्डममै मैले देखेको थिएँ । तर डचहरु भने पर्यावरणीय सँरक्षण हुँदैन कि भनेर चिन्तित रहेछन् । समस्याको अध्ययन गर्दा थाहा भएछ कि चौडा बाटाहरुले जंगली जनावरहरुको आवतजावतमा समस्या खडा गरिदिएका छन् । त्यसैले पर्यावरण खतरामा छ ।